श्रावण १९, २०८३ मंगलबार August 4, 2026

रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी

नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पराजित गर्दै खड्का विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली, ३ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी हुनुभएको छ ।

आज यहाँ सम्पन्न पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पराजित गर्दै खड्का विजयी हुनुभएको हो ।

कुल खसेको ४०० मध्ये खड्काले २८८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जानकारी दिएको छ । उहाँका प्रतिस्पर्धीद्वय उपाध्याय र बस्नेतले क्रमशः ६३ र ३५ मत प्राप्त गर्नुभयो ।

सभापतिमा पुनःनिर्वाचित हुनुभएका खड्का पार्टी स्थापनादेखि सङ्गठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको व्यक्तिका रुपमा चिनिन्छ । त्यस्तै, बस्नेत गत फागुनमा नेकपा एमालेबाट रास्वापामा प्रवेश गर्नुभएको थियो । उहाँ गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा दैलेख क्षेत्र नं १ बाट उम्मेदवार हुनुहुन्थ्यो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार