असार १६, २०८३ मंगलबार June 30, 2026

कालीगण्डकी बेवारिसे शव फेला

बेपत्ता बनेका बेनी नगरपालिका–४ सिंगा बस्ने ३६ वर्षीय राजु सार्कीको रहेको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्वत, १६ असार : पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारा नजिकै कालीगण्डकी नदीको बीच भागमा बेवारिसे शव फेला परेको छ ।

नदिले बगाएर ल्याएको अवस्थामा भेटिएको शव सशस्त्र प्रहरी बल नेपाल नं २५ गण हेडक्वाटर पर्वतबाट खटिएको टोलीले उद्धार गरी नदीबाट बाहिर निकालेको छ । उक्त शव गए रातिदेखि म्याग्दी सदरमुकाम बेनीघाट बेपत्ता बनेका बेनी नगरपालिका–४ सिंगा बस्ने ३६ वर्षीय राजु सार्कीको रहेको पुष्टि भएको छ ।

उक्त शव मृतकका दाजु मानबहादुर सार्कीलाई बुझाइ शव परीक्षणका लागि प्रदेश अस्पताल म्याग्दी पठाइएको सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिनुभयो । गणपति क्षेत्रीको कमाण्डमा र्‍याफ्टिङ बोटसहित खटिएको १५ जनाको टोली र बागलुङबाट सशस्त्र प्रहरी उपरीक्षक मनोज खड्काको नेतृत्वमा खटिएको १० जनाको टोलीले संयुक्त रूपमा शव नदीबाहिर निकालेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
२०८३ असार १६, मंगलबार
९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप
२०८३ असार १६, मंगलबार
इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने
२०८३ असार १६, मंगलबार
प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल
२०८३ असार १६, मंगलबार
गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन
२०८३ असार १६, मंगलबार
मन्त्री रावल र मुख्यमन्त्री यादवबीच छलफल
२०८३ असार १६, मंगलबार
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश
२०८३ असार १६, मंगलबार