श्रावण ३१, २०८३ आइतबार August 16, 2026

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

अस्पतालबाट निधनको औपचारिक घोषणा गर्न बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु भएको छ ।

करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताए । गणेशका दाइ मदनले अस्पतालले भाइको निधन भएको जानकारी दिएको बताए । अस्पतालले भने निधनको औपचारिक घोषणा गर्न बाँकी छ ।

प्रधानमन्त्रीको सचिवालयका सल्लाहकारसहित दुई जना अस्पतालमा मृतक परिवारसँग समन्वय गरिरहेका छन् । हालै नियुक्त न्याम्सका पदाधिकारीहरु कुलपति, रेक्टर, रजिस्ट्रार र अस्पतालका निर्देशकसँग पनि उनीहरु छलफलमा रहेको अस्पतालका एक कर्मचारीले बताए । अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार