असार २८, २०८३ आइतबार July 12, 2026

छोटो समयमै सरकारप्रति बढ्दो असन्तुष्टि

पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहनुभएका नेता बालेन्द्र शाहबीच दूरी बढ्दै गएको चर्चा चुलिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार गठन गरेको एक सय दिन अर्थात् हनिमुन समय पार गरिसकेको छ । चुनावी परिणामपछि गत चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको थियो । चुनाव प्रचारप्रसारको क्रममा रास्वपाले सय दिनमा गर्ने कामसहितको बाचापत्र सार्वजनिक गरेको थियो । बाचापत्रका प्रतिबद्धताअनुसार सुशासनका सवालमा केही काम गर्न खोजेपछि अन्य विषयमा चित्त बुझ्ने ढंगले प्रस्तुत हुन सकेको छैन ।

सरकारले सय दिन पार गर्दासम्म केही काम कारबाही सकारात्मक रहे पनि जनअपेक्षाअनुसार काम हुन नसकेको आमनारिकले गुनासो गर्न थालेका छन् । विगतमा प्रधानमन्त्री र मन्त्रीहरू विभिन्न योजना उद्घाटन गर्ने, रिबन काट्दै हिँड्ने, शिलान्यास, कार्यकर्ता भेटघाट गर्दै हिँड्ने परम्परालाई बालेन्द्र नेतृत्वको सरकारले लगभग पूर्णरूपमा बन्देज नै गरेको छ । कर्मचारीहरूको ट्रेड युनियन, विश्वविद्यालयहरूमा हुने विद्यार्थीहरूको राजनीतिक गतिविधि लक्षित संगठन खारेज गर्नु, राजनीतिक नियुक्ति खारेजलाई आमनागरिकले सकारात्मक रूपमा लिएका छन् ।

पुराना राजनीतिक दलका क्रियाकलापबाट असन्तुष्ट भएर नै मतदाताले रास्वपालाई मत दिएका थिए । तर, जनजीविकाका सवालमा एक सय दिनको अवधिमा सरकार चुकेको छ । परम्परालाई निरन्तरता दिँदै सरकारले सम्बन्धित निकायलाई बजार अनुगमन गर्न निर्देशन दिने गरेको छ । तर, बजार अनुगमन विगतमा जस्तै प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन । उदाहरणका लागि बजारमा खसीको मासुको मूल्य । काठमाडौं उपत्यकासहित देशका विभिन्न ११ जिल्लामा बर्ल्डफ्लुको संक्रमण तीव्र फैलिएपछि बजारमा खसीको मासुको माग बढेको छ । यही मौका छोपेर व्यापारीहरूले बर्ल्डफ्लु संक्रमणअघि प्रतिकेजी १४०० देखि १४५० रहेको खसीको मासु अहिले १६०० देखि १८०० सम्म पुर्‍याएका छन् ।

तर, बजार अनुगमनसम्बन्धी सरकारी निकाय मौन बसेको छ । पछिल्लो समय देशमा शान्ति सुरक्षाको अवस्था कमजोर बन्दै गएको छ । दिनदहाडै हिंसा, आत्महत्या र लुटपाटका घटना बढ्दै गएका छन् । विगतमा जस्तै यसपटक पनि कृषकका लागि मलखाद सहज रूपमा उपलब्ध हुन सकेको छैन । सरकार गठनको केही समयसम्म सरकारबारे देश नै सकारात्मक रहे पनि पछिल्लो समय प्रश्न उठाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । स्वयं सत्तारूढ दल रास्वपाकै सांसदहरूले सरकारका काम कारबाहीप्रति सदनमै प्रश्न उठाउन थालेका छन् ।
केही समय यता त सत्तारूढ दल रास्वपाभित्रको अन्तरविरोध गहिरिँदै गएको संकेत देखिएका छन् । गत वर्ष भदौमा भएको ‘जेन-जी’ आन्दोलनको जगमा शक्तिशाली पार्टी बनेको रास्वपाले एकल बहुमतको सरकार बनाएको सय दिन पूरा हुनासाथ आन्तरिक असन्तुष्टि सार्वजनिक रूपमा छताछुल्ल हुन थालेका हुन् । असार (७-१२) सम्म चितवनमा सम्पन्न प्रथम महाधिवेशनले अनुमोदन गरेको पार्टीको संशोधित विधानमा सभापतिको निर्देशन पालन नभए संसदीय दलको नेता पदमुक्त हुने व्यवस्था राखिएकोमा प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको समूह संस्थापनसँग सशंकित देखिएको छ ।

पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहनुभएका नेता बालेन्द्र शाहबीच दूरी बढ्दै गएको चर्चा हुन थालेको छ । सरकार गठनपश्चात् रवि र बालेन्द्रबीच अन्तरविरोध बढ्दै गएको सत्ता पक्षकै सांसदहरूले संसद्मा दिएका अभिव्यक्तिबाट संकेत देखिएको छ । रास्वपा सचेतक क्रान्तिशिखा धितालले सुकुम्बासी व्यवस्थापनमा सरकारको अक्षमता झल्किएको आरोप लगाउँदै सरकारको काम र कारबाही चुनावी बाचापत्रअनुसार नभएको टिप्पणी गर्नुभएको छ । केही दिन पहिले संसद्मा बोल्दै ‘जेन-जी’ अगुवा तथा रास्वपा सांसद पुरुषोत्तम यादवले लागुऔषधको दलदलमा युवाहरू फस्दा पनि सरकार कुम्भकर्ण निद्रामा भएको आरोप लगाउनुभएको थियो ।

त्यसअघि रास्वपाकै सांसद अमरेशकुमार सिंहले सकारको कार्यशैलीप्रति सदनमा कडा अभिव्यक्ति दिनुभएको थियो । पार्टी नीतिविपरीत सुकुम्बासी बस्तीमा डोजर चलाएको, अन्तर मन्त्रालयमा प्रधानमन्त्रीको सचिवालयले अनावश्यक निगरानी तथा नियन्त्रणमा राख्न खोजेको, प्रशासनिक, संवैधानिक, व्यवसायीलाई आतंकित बनाएको जस्ता विषयले पार्टी र सरकारबीच द्वन्द्व बढ्दै गएको चर्चा चलिरहेको छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज
२०८३ असार २८, आइतबार
भोजपुरमा विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता
२०८३ असार २८, आइतबार
खामोनी हत्याको बदला लिने इरानका नयाँ सर्वोच्च नेताको प्रतिबद्दता
२०८३ असार २८, आइतबार
फिफा विश्वकप २०२६ : स्विट्जरल्यान्डलाई हराउदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश
२०८३ असार २८, आइतबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार २८, आइतबार
केप भर्डे फुटवलले मात्रै होइन, ‘एलजीवीटी क्यु हेभन’ले पनि उत्तिक छ चर्चित
२०८३ असार २८, आइतबार
हालै विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जेडनको ‘रहस्यमय मृत्यु’
२०८३ असार २८, आइतबार