श्रावण ३१, २०८३ आइतबार August 16, 2026

वीर अस्पताल १३७ वर्षको यात्रामा : आधुनिक चिकित्साको मानक

प्रारम्भमा १५ शय्याबाट सुरु भएको अस्पताल हाल ९६० शय्याको राष्ट्रिय रेफरल अस्पतालका रूपमा विकसित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन १३ गते । वीर अस्पताल नेपालको आधुनिक स्वास्थ्य सेवाको इतिहासमा सबैभन्दा पहिले आउने नाम हो । विसं १९४६ साउन १२ गते तत्कालीन प्रधानमन्त्री वीरशमशेर जबराले १५ शय्याबाट स्थापना गर्नुभएको यो अस्पताल मङ्गलबारदेखि १३७ वर्षमा प्रवेश गरेको छ ।

प्रारम्भमा १५ शय्याबाट सुरु भएको अस्पताल हाल ९६० शय्याको राष्ट्रिय रेफरल अस्पतालका रूपमा विकसित भएको छ । गौरवशाली इतिहास बोकेको वीर अस्पताल पछिल्लो समय बढ्दो बिरामीको चाप, भौतिक पूर्वाधारको अभाव, जनशक्ति व्यवस्थापन तथा उपकरण आधुनिकीकरण जस्ता चुनौतीसँग जुधिरहेको छ । वीरशमशेरबाट जनता (रैती) का लागि खाना, बस्न र उपचारसमेत निःशुल्क गरिएको सो अस्पतालमा अहिले उपचारबापत पैसा लिने गरिन्छ ।

वीर अस्पतालबाटै नेपालमा पहिलो पटक मुटुको शल्यक्रिया, मिर्गौला प्रत्यारोपण, न्युरोसर्जरी, सघन उपचार सेवा (आइसियु) लगायत अत्याधुनिक सेवाको सुरुवात भएको थियो । यही अस्पतालबाट आधुनिक चिकित्सा अभ्यास संस्थागत रूपमा विस्तार भएको मानिन्छ । अस्पताल स्थापना गर्दा वीरशमशेरले नागरिकलाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य राख्नुभएको थियो । उपचारसँगै बिरामीका लागि निःशुल्क औषधी, खाना, बस्ने व्यवस्था र सेवकको समेत प्रबन्ध गरिएको थियो । अस्पताल स्थापना भएको १३७ वर्ष बितिसक्दा पनि बिरामीलाई निःशुल्क खाना उपलब्ध गराउने परम्परा भने अझै कायम छ । तर निःशुल्क उपचार पाउन सकिएको छैन । वीर अस्पतालमा सुरुमा पाँच जना जनशक्तिबाट उपचार सेवा सुरु भएको थियो ।

कहिलेकाहीँ भारतको कोलकाताबाट चिकित्सकहरू वीरमा आएर उपचार सेवा दिने गर्दथे । वीर अस्पताल हाल उपचार सेवामा मात्र सीमित छैन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत रहेर स्नातक, स्नातकोत्तर तथा विशेषज्ञ चिकित्सक उत्पादन गर्ने प्रमुख शैक्षिक संस्थाको भूमिका पनि निर्वाह गरिरहेको छ । न्याम्सका उपकुलपति प्राडा विवेक आचार्यले वीर अस्पतालको इतिहास अस्पतालको इतिहास मात्र नभई नेपालको आधुनिक स्वास्थ्य प्रणालीको विकासक्रमसँग जोडिएको जानकारी दिनुभयो ।  गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार