भाद्र १७, २०८३ बुधबार September 2, 2026

पृथ्वी राजमार्गको कृष्णभिर खण्डसडक यही महिनाभित्रै सञ्चालन गरिन्छः प्रधानमन्त्री

संसद्लाई भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट रसुवा, नुवाकोट र धादिङमा भएको अकल्पनीय क्षतिका बारेमा पनि जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिर खण्डसडक यही महिनाभित्रै सञ्चालनमा ल्याइने बताउनुभएको छ ।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुग्लिङ–नौबिसे खण्डमा पर्ने पृथ्वीराजमार्गको कृष्णभिरमा पहिरोका कारण अवरुद्ध भएको सो सडक यही महिनाभित्र सञ्चालनमा ल्याउने जानकारी दिनुभएको हो ।

त्रिशूली नदीको कटानका कारण सडक भासिँदा कृष्णभिरमा पहिरो खसेपछि सडक अवरुद्ध छ । सो सडकखण्ड सञ्चालनमा ल्याउन महिनौँ लाग्नसक्ने समाचारहरू आइरहेका अवस्थामा प्रधानमन्त्री शाहले आज सो जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री शाहले पहिरो पन्छाएर र सडक पुनर्निर्माण गरेर यही महिनाभित्रै सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।

उहाँले आज संसद्लाई भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट रसुवा, नुवाकोट र धादिङमा भएको अकल्पनीय क्षतिका बारेमा पनि जानकारी गराउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा ज्यान गुमाएका कर्णालीवासीले पाउने भए २ लाख बीमा रकम
२०८३ भाद्र १७, बुधबार
अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग
२०८३ भाद्र १७, बुधबार
पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छः मन्त्री पौडेल
२०८३ भाद्र १७, बुधबार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आब्हान
२०८३ भाद्र १७, बुधबार
गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन
२०८३ भाद्र १७, बुधबार
पृथ्वी राजमार्गको कृष्णभिर खण्डसडक यही महिनाभित्रै सञ्चालन गरिन्छः प्रधानमन्त्री
२०८३ भाद्र १७, बुधबार
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग
२०८३ भाद्र १७, बुधबार