असार २१, २०८२ शनिबार July 5, 2025

पूर्वसभामुख महरा नर्विक अस्पताल भर्ना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् ।

संसद सचिवालयकी कर्मचारी बलात्कारको आरोपमा आईतबारेदेखी प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा स्वासप्रश्वास समस्या बढेपछि उपचारका लागि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महरालाई बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौमा बयानको लागी लगिएको थियो ।

बयान नसकिदै उनलाइ उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो । बिहीबार मध्यान्ह १२ बजे भर्ना भएका उनको स्वास्थ्य चेक जाँचको पूरा रिपोर्ट नआएसम्म के भएको भन्न नमिल्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

सिंहदरबार वृतको हिरासतमा राखिएका महराको यसअघि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो । प्रहरी हिरासतमै उनलाई अक्सिजन दिइएको थियो ।

दशैं बिदाका कारण अदालत बन्द हुँदा उनको अदालती प्रकृया शुरू हुन पाएको छैन । उनलाई असोज २८ गते अदालत खुलेपछि मात्र मुद्धा अदालती प्रकृया शुरू हुने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार