काठमाण्डौः नेपाल भ्रमणमा रहेका चीनियाँ राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति विद्यादेवी भण्डारी बिच शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शितलनिवाशमा चीनियाँ राष्ट्रपति सी जिनपिङ सहितिको प्रतिनिधि मण्डल र राष्ट्रपति कार्यालयका प्रतिनिधीहरू बिच करिब ३५ मिनेट छलफल भएको बताइएको छ ।
उक्त भेटवार्तामा चीन र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया