काठमाण्डौः त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. जगदिश अग्रवाललाई कालोमोसो दल्ने विजय थापालाई प्रहरीले पक्राउ गरेको छ ।
डा. अग्रवाललाई त्रिवि शिक्षण अस्पताल भित्र आफ्नै कार्यकक्षमा भदौ २९ गते कालोमोसो दलेको आरोपमा मंगलबार साँझ उनलाइ महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै पटकपटक अनसन बस्दै आएका डा गोविन्द केसीविरुद्ध अनसन बस्ने कागेश्वरी मनहरा १ का २८ बर्षिय विजय थापा हुन् ।
कालोमोसो दलेपछि फरार रहेका थापा मंगलबार महाराजगंज क्षेत्रबाट पक्राउ परेको वृत्तका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले पुष्टी गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया