भाद्र १०, २०८३ बुधबार August 26, 2026

तिहारका लागि ६० करोडको चम्किला बत्ती आयात गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । तिहार सुरु हुनै लाग्दा इलेक्ट्रिक पसलहरुमा ग्राहकको चहलपहल बढ्न थालेको छ । यो पर्वमा विभिन्न प्रकारका झिलमिली बत्तीहरुको ब्यापार फस्टाउँछ । लोडसेडिङ हटेपछि त झन् शहरका हरेकजसो घरमा झिलिमिली बत्तीले तिहारलाई स्वागत गर्ने गरिएको छ ।

तिहारमा उच्च खपत हुने भएता पनि झिलिमिली बत्ती नेपालमा उत्पादन हुँदैन । यसको आयातमा नेपालबाट करोडौं रकम विदेशिन्छ । नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका उपाध्यक्ष रेशमप्रसाद देवकोटाका अनुसार तिहारमा यो वर्ष ५० देखि ६० करोड मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रिँदैछ ।

बजारमा यस्ता बत्तीको माग सुरु भइसकेको छ । इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलहरुमा समेत सिजनल ब्यापारका रुपमा यो बत्ती बेच्ने गरिन्छ । सडकपेटीमै पनि झिलीमिली बत्ती बेच्नेहरु भेटिन्छन् ।

महासंघका उपाध्यक्ष देवकोटाका अनुसार थुप्रै होलसेलरहरुले तिहारका लागि बत्ती झिकाएका छन् । कतिको बत्ती आइसके भने कति भन्सार छुट्ने क्रममा छन् ।

‘झिलिमिली बत्ती तिहारको समयमा अत्यधिक बिक्री हुन्छ । अन्य चाडपर्व र बिहेको सिजनमा थोरै–थोरै विक्री हुन्छ,’ देवकोटाले भने ।

यी बत्ती नेपालमा एक अर्ब रुपैयाँभन्दा बढी रकममा खरिदबिक्री हुन्छ । यसमा उपभोक्ताले गर्ने बिजुलीको महसुुलको हिस्सा समावेश छैन । तिहारको समयमा यस्ता बत्ती धेरै जोडिने भएकाले बिजुलीको माग सामान्य भन्दा दोब्बर हुने गरेको छ ।

धेरै आयात चीनबाट

तिहारका लागि भारत र चीनबाट धेरै बत्ती नेपाल आयात गरिसकिएको छ भने केही आयात हुने क्रममा छन् । यस्ता बत्तीमध्ये ९० प्रतिशत चीनबाट आयात हुन्छन् ।

तिहारलाई लक्षित गरी व्यवसायीले झण्डै २–३ महिना अघिदेखि नै झिलिमिली बत्ती ल्याउने प्रक्रिया थालेका थिए । त्यसअनुरुप केही दिनयता दैनिक ठूलो परिमाणमा झिलिमिली बत्ती भित्रिरहेका छन् । यो समयमा साधारण बल्बको बिक्री पनि दुई गुणाले बढ्ने गरेको व्यवसायी बताउँछन् ।

‘घरको सबै ठाउँ उज्यालो राख्नुपर्ने मान्यताका कारण घरका सबै होल्डरमा बत्ती जोड्ने गरिएको छ,’ देवकोटा भन्छन् ।

बजारमा फरक–फरक खालका झिलिमिली बत्तीहरु फरक–फरक मूल्यमा उपलब्ध छन् । न्युनतम प्रतिगोटा ५० सयदेखि १५–२० हजार रुपैयाँसम्म पर्ने बत्तीहरु तिहारका लागि आयात हुन्छ । प्रायः बल्ने–निभ्ने गुण हुने भएकाले यस्ता बत्तीमा उपभोक्ताले घर, बगैँचा, कार्यालय, बिजनेस मल लगायतको सजावट गर्न यसको अत्यधिक प्रयोग गर्छन् ।

पछिल्लो समयमा विभिन्न मूल्यका क्लब ९डिस्को० तथा रोटर लाइटहरु पनि तिहारका लागि प्रयोग हुन थालेका छन् । यस्तै देवी–देवताका फोटोमा जोडिएको बत्तीको बिक्री पनि यो समयमा धेरै हुन्छ । इलेक्ट्रिक दियोवाला बत्ती पनि आउन थालेका छन् ।

यसैकारण वर्षैपच्छे तिहारमा यस्ता बत्तीको माग बढिरहेको छ । लोडसेडिङको समस्या समाधान भएकाले पछिल्ला वर्षहरुमा तिहारमा यस्ता बत्तीको माग दोब्बर भएको व्यवसायी बताउँछन् । तर, एकपटक किनेपछि अरु वर्षमा त्यही प्रयोग गर्न सकिने भएकाले अब माग नबढ्ने उपाध्यक्ष देवकोटाको भनाइ छ ।

‘पहिले साधारण बल्बवाला बत्ती आउँथे, अहिले एलइडी बल्बवाला बत्ती एक वर्षमै बिग्रन्नन्, त्यसैले झिकेर सुरक्षित राखेपछि अर्को वर्ष पनि त्यही प्रयोग गर्ने सकिन्छ,’ उनले भने, ‘त्यसैले ब्यापार उच्च रुपमा बढ्न पाएको छैन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उद्धार, खोज तथा राहतका कार्यक्रमलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
२०८३ भाद्र १०, बुधबार
बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह
२०८३ भाद्र १०, बुधबार
टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन
२०८३ भाद्र १०, बुधबार
मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
२०८३ भाद्र १०, बुधबार
सिरहा भन्सार कार्यालय : राजस्व सङ्कलनमा वृद्धि
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै रास्वपाको सतर्कता अपिल
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
२०८३ भाद्र १०, बुधबार