बैसाख ६, २०८२ शनिबार April 19, 2025

सरकारका कामको नतिजा अब देखिन्छः ऊर्जामन्त्री पुन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारका कामको नतिजा देखिने बेला आएको बताएका छन्। पहिलो वर्ष सरकारले विकासको आधार तयार पारेको र अब विस्तारै नतिजा देखिदै जाने बताएका छन।

पश्चिम नवलपरासीको परासीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘झट्ट बाहिरबाट हेर्दा केही नभएको जस्तो देखिए पनि अब सरकारका कामको नतिजा देखिन थाल्छ, हामी पहिलो वर्ष आधार तयार पार्न लाग्यौँ, अव विकास र समृद्धिको नतिजा देखा पर्दै जान्छ, सरकारले गरेका काम जनतासम्म पुर्‍याउनुपर्ने दायित्व पार्टीको पनि हो।’

मन्त्री पुनले सरकारले दीर्घकालीन विकासका आधार तयार पारेको उल्लेख गर्दै विकास र समृद्धिको अग्रगामी पथमा सरकार अगाडि बढेको बताएका छन।

एक फरक प्रसङ्गमा उनले पार्टी एकता अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट मञ्च, जनवर्गीय सङ्गठन लगायतको एकता टुङ्ग्याउन बाँकी छ, अव त्यो पनि छिट्टै टुङ्ग्याउने बताएका छन।

मन्त्री पुनले विपक्षी र सामाजिक सञ्जालले फिँजाएका भ्रममा नपरी तथ्य बुझेर मात्र सरकार र पार्टीप्रति धारणा बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ, दोस्रो भागको सुटिङ सुरू हुदैँ
२०८२ बैसाख ६, शनिबार
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन : अध्यक्ष दाहाल
२०८२ बैसाख ६, शनिबार
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
२०८२ बैसाख ६, शनिबार
सत्ता साझेदारीमा कुनै समस्या नरहेको गृहमन्त्रीको स्पष्टोक्ति
२०८२ बैसाख ६, शनिबार
सलमानको ‘सिकिन्दर’ लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा
२०८२ बैसाख ६, शनिबार
ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उडन सकेनन् लडाकु बिमान पनि
२०८२ बैसाख ६, शनिबार
रुपन्देहीमा एक महिलामाथि गोली प्रहार
२०८२ बैसाख ६, शनिबार