कार्तिक ११, २०८३ बुधबार October 28, 2026

वाणिज्य बैंक र युके एड फाइनान्सबीच भूकम्पपीडितलाई सहुलियत कर्जा दिने सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र यूके एड सक्षम एक्सिस टु फाइनान्सबीच गोरखा र धादिङ्ग जिल्लाका भूकम्पपीडित जनतालाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षम एक्सिस टु फाइनान्सका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुन्।

सम्झौतामा धादिङ्गका धुनिबेसी, निलकण्ठ नगरपालिका र गोरखा नगरपालिकाका भूकम्पपीडितलाई बैंकले सहुलियत दरमा भूकम्पपीडित घरकर्जा दिने उल्लेख छ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारले दिएको पैसा बैंकमार्फत पारदर्शी तवरबाट जनताको हातमा पुगेको बताउँदै यस्तो सम्झौताले भूकम्पपीडित जनतालाई भवन निर्माण गर्न आवश्यक परेको रकम पूरा हुने बताएका छन।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापश्चात् राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने गरी राष्ट्रिय वाणिज्य बैंकले भूकम्पपीडित जनताहरुलाई सहुलियत रुपमा कर्जा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

सक्षम एक्सिस टु फाइनान्सका टिम लिडर निर्मल दाहालले यो सम्झौताले भूकम्पपछिको पुनर्निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने दाबी गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार