कार्तिक ११, २०८३ बुधबार October 28, 2026

६० यात्रु बोकेर हिमालयन एयरलाइन्स बेइजिङ उड्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा आफ्नो पहिलो उडान भरेको छ।

नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाईन्सले लामो समयको प्रयासपछि नवनिर्मित डाक्सिन इनटरनेशनल विमानस्थलमा उडान भरेको हो।

हिमालयन एयरलाइन्सको बेजिङ उडान शुभारम्भ संकृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले गरेका छन्। उनले हिमालय एयरलाइन्सलाई शुभकामना दिदै चिनियाँ पर्यटकहलाई नेपाल आगमनमा सहज हुनुका साथै नेपाल भ्रमण बर्ष २०२० लाई थप टेवा पुग्ने बताएका छन्।

शुभारम्भ कार्यक्रममा संकृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, नेपालका लागि चीनियाँ राजदुत होउ यान्छी लगाएत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

बिहान ९ बजे काठमाडौंबाट बेइजिङ उडान भरेको ए ३२० विमान राति पौने १० मा फर्कने हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिएका छन।

‘बिहान साढे ८ बजेको सेडियुल भए पनि विमान ९ बजेमात्रै उड्यो’, उपाध्यक्ष श्रेष्ठले भने, ‘पहिलो उडानमा काठमाडौँबाट बेइजिङ जाने ६० यात्रु रहेका छन्।’

यसअघि निजी क्षेत्रको हिमालयले चीनका गन्तव्यमा केही चार्टर्ड उडान मात्रै गर्दै आएको थियो। कम्पनीले बेइजिङपछि चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

हिमालय एयरलाइन्सले स्थापनाको समयमा नै आफ्नो प्राथमिकता चीन उडान हुने बताएको थियो। तर, बेइजिङको अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्तका कारण एयरलाइन्स कम्पनीले चीनमा सिधा उडान गर्न पाएको थिएन्।

नेपाल चीन सिधा उडानबाट नेपाल भम्रण वर्ष २०२० मा पर्यटक ल्याउन सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।

सन् २०१४ अगस्टमा स्थापित एयरलाइन्सले आफ्नो पाँच वर्षको अवधिमा तीनवटा न्यारोबडी ए–३२० जहाजमार्फत हाल अबुधाबी, दमाम, दोहा, ढाका, दुबई र क्वालालम्पुरमा उडान भर्दै आएको छ ।

केही समय अगाडि हिमालय एयरलाइन्सको चिनियाँ लगानीकर्ता फेरिएको छ। ४९ प्रतिशत सेयर भएको तिब्बत एयरलाइन्स बाहिरिएर तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड एन्भेष्टमेन्ट कम्पनी भित्रिएको हो। कम्पनीको ५१ प्रतिशत शेयर भने नेपालको यति वल्र्ड कम्पनीको नाममा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार