भाद्र २, २०८३ मंगलबार August 18, 2026

नेपालकै दोस्रो लामाे पुल निर्माण पूरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालकै दोस्रो लामो पुल निर्माण पूरा भएको छ। दाङको राप्ती नदीमा राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माण सम्पन्न भएको हो।

८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करिब १ अर्ब लगानीमा बनाइएको हो। उक्त पुल अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२/७३ देखि निर्माण सुरु गरेको थियो।

आव २०७६/७७ भित्र पुल निर्माण सक्ने सम्झौता भए पनि त्यसअघि नै काम सकिएको पुल निर्माण योजना कार्यान्वयन गराउने सरकारी निकाय पुल योजना सेक्टर नम्बर ३ का योजनाप्रमुख बाबु पन्तले जानकारी दिएका छन।

‘पुल निर्माणका लागि ४ वर्षको सम्झौता भएको थियो,’ उनले भने, ‘तर सम्झौता अवधि पूरा गर्नु ४ महीनाअघि नै हामीले काम पूरा गरेका छौं।’ अहिले पुल निर्माण पूरा भएको र त्यहाँ पुग्ने सडक निर्माणको काम भइरहेको उनले जानकारी दिए। उक्त पुलको उद्घाटन आउँदो माघमा गरिने उनले जानकारी दिएका छन।

उक्त पुल निर्माण भएपछि दाङ देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ। पहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल बनेपछि १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ।

‘पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवैतर्फका स्थानीयवासीलाई धेरै गाह्रो थियो। बर्खाको समयमा खोला बढेर वारपार गर्न सकिने अवस्था नै हुँदैनथ्यो,’ उनले भने, ‘भनेको बेला सवारीसाधन पनि नपाएर वारपार गर्न हैरान हुन्थ्यो। अब पुल निर्माण भएसँगै १५ मिनेटमा आवतजावत गर्न सकिनेछ।’

यो पुल निर्माण भएपछि आयआर्जनमा टेवा पुग्नेछ। जिल्लाको देउखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिने भएकाले यही क्षेत्रमा प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम पनि सञ्चालनमा छ।

तर, पुलको अभावमा स्थानीय किसानले कृषि उत्पादनको बजारीकरण गर्न सकेका थिएनन्। पुल निर्माण भएमा राप्ती नदीपारिका किसानको कृषि उत्पादनको बजारीकरण गर्न ठूलो सहयोग पुग्न सो क्षेत्रका प्रदेशसभा सदस्य इन्द्रजित थारूले बताएका छन।

यसअघि बर्दियाको पश्चिमक्षेत्र भौराटापुअन्तर्गत कोठियाघाटमा नेपालकै लामो पुल बनिसकेको छ। १ हजार १५ मिटर लम्बाइ र ९.१० मिटर चौडाइयुक्त यो पुल १ अर्ब रुपैयाँ लागतमा तयार भएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार