असोज २८, २०८३ बुधबार October 14, 2026

रेलमा आगलागी हुँदा ६५ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । रेलमा आगलागीका कारण पाकिस्तानमा ६५ जनाको मृत्यु भएको छ। लियाक्तपुर सहरनजिकै बिहीबार भएको उक्त घटनामा ४० भन्दा बढी घाइते भएको पाकिस्तानी समाचार अनलाइन डनले जनाएको छ।

एएफपीका अनुसार पञ्जाव हेल्थ मिनिस्टर डा. यास्मिन रशिदले मृतकको संख्या ६५ पुगेको जानकारी दिएका छन्।

घटनामा महिला र बालबालिका पनि रहेका छन्। मृतक र घाइतेलाई सोही सहरस्थित डीएचक्यु अस्पतालमा लगिएको छ। सिलिन्डर पड्किएर उक्त घटना भएको बताइएको छ। यात्रुहरु बिहानको खाजाको तयारी गरिरहँदा उक्त विस्फोट भएको हो।

उक्त रेल कराचीबाट रावलपिण्डी गइरहेको रेडियो पाकले जनाएको छ। घटना भएलगत्तै धेरै यात्रुले हामफालेर ज्यान जोगाएका थिए। क्षति पुगेको रेल दुई घण्टाभित्रै सञ्चालनमा ल्याउने रेलवे मन्त्री शेख रशिदले बताएको डनले जनाएको छ।

हाल उद्धारको काम भइरहेको बताइएको छ। पाकिस्तानी सेनाले घटनाको उद्धारका लागि हेलिकोप्टर परिचालन गरेको छ।

अधिकारीका अनुसार यात्रुले लुकाएर ग्यास सिलिण्डर लगेको र सोही सिलिण्डर विस्फोट भएको हुनसक्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड
२०८३ असोज २७, मंगलबार
नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
सभामुख अर्याल स्वदेश फिर्ता
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार