मंसिर २५, २०८० सोमबार December 11, 2023

नयाँदिल्लीको आकासबाटै फर्किए ३० जहाज, खराब वायुले आँखा पोल्न थाल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँदिल्ली : भारतको दिल्लीमा पछिल्लो समय वायु प्रदूषणका कारण दशौं लाख मानिसको दैनिकी प्रभावित बनेको छ । सम्भावित खतराबाट बच्न भन्दै दिल्ली सरकारले लाखौं मास्क वितरण गरे पनि दुषित हावाले गर्दा आँखा पोल्न थालेको छ ।

प्रदूषणका कारण दिल्लीमा हाल निजी सवारी साधन चलाउन दिइएको छैन । स्कुल समेत बन्द गरिएका छन् । साथै उडान समेत रद्द भएका छन् । खराब ‘भिजिबिलिटी’का कारण मंगलबार दिल्लीमा अवतरण गर्नुपर्ने ३० वटा उडान अन्यत्र मोडिएका छन् ।

विज्ञहरुका अनुसार दिल्लीमा अहिले उडिरहेको वायु एक दिनमा ५० वटा चुरोट पिए जत्तिकै हो । पछिल्ला वर्षका यही सिजनमा दिल्लीमा यस्तै तुवाँलो र दुषित वायुबाट जनजीवन प्रभावित हुने गरेको छ ।

यस्तो हुनुको कारण हरियाणा र पन्जाबका किसानले अन्नवाली थन्काएपछि खेतमा ठुटा पोल्ने गरेकाले हुने गरेको विज्ञहरुको भनाइ छ । भारतको राजधानी नयाँदिल्लीमा ४ करोड मानिस बसोबास गर्छन् ।

मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्ली ‘ग्यास चेम्बर’ बनेको भन्दै ५० लाख मास्क वितरण गरेका थिए । तर वातावरणमन्त्री प्रकास जावादेकरले केजरिवाललाई उक्त विषयलाई राजनीतिकरण गरेको आरोप लगाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संघीय संसद सचिवालय महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस
२०८० मंसिर २५, सोमबार
एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन: अध्यक्ष ओली
२०८० मंसिर २५, सोमबार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
२०८० मंसिर २५, सोमबार
दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल
२०८० मंसिर २५, सोमबार
काँग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२०८० मंसिर २५, सोमबार
आज बालाचतुर्दशी, पशुपतिनाथ लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो
२०८० मंसिर २५, सोमबार
कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर
२०८० मंसिर २५, सोमबार