भाद्र ३, २०८३ बुधबार August 19, 2026

समाजवादी काँग्रेसका पूर्वअध्यक्ष यादवको निधन – दुई दिन शोक मनाउने केन्द्रिय समितिको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल समाजवादी काँग्रेसका पूर्व अध्यक्ष एवं बरिष्ठ नेता विमल प्रसाद यादवको निधन भएको छ ।

पार्टी अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा पार्टी केन्द्रिय कार्यालय बानेश्वरमा शुक्रबार बसेको केन्द्रिय समितिको बैठकले बिहिबार बिहान भएको असामाहिक निदनप्रती गहिरो शोक व्यक्त गर्दै दुई दिन पार्टी कार्यालयहरु बन्द गरेर शोक मनाउने प्रस्ताव पारित गरेको हो ।

उनको निधनले पार्टीलाई अपूरर्णीय क्षती भएको कुरा प्रष्ट गर्दै शोक सन्त्तप्त परिवार प्रती समबेदना प्रकट गर्दै मृत आत्माप्रती श्रद्धाञ्जली अर्पण गर्दछ प्रस्ताव पारीत गरेको बताईएको छ ।मृतक यादवका दुई छोरा र एक भाई निजी निवास भानुचोक जनकपुरमा रहेको कुरा पार्टी सचिव मान बाहादुर गुरुङले बताउनु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया