भाद्र २, २०८३ मंगलबार August 18, 2026

अदालतमा आलमकाे बयान सुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजपुर फरहदवा बम काण्डका मुख्य आरोपित मोहम्मद आफताव आलमको मंगलबारको बयान परिचयमै सकिएपछि दोस्रो दिन बुधबार बयान सुरु भएको छ ।

प्रहरीले आलमलाई बिहान १० बजे जिल्ला अदालत रौतहटमा उपस्थित गराए पनि बयान ११ बजेदेखि सुरु भएको हो। आलम पक्षका कानून व्यवसायीहरुले काउन्सलिङ्ग पश्चात मात्र बयान सुरु गर्न आग्रह गरेपछि बयान ढिलो गरी सुरु भएको हो। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान सुरू भएकोअदालतका श्रेस्तेदार गुणराज पराजुलीले बताएका छन।

जिल्ला सरकारी वकिलको कार्यालयले ४० पेजको अभियोगपत्रसहित ८३३ पेजको मिसिल सोमबार आलमविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो। आलमतर्फका कानुन व्यावसायीले मिसिलमा संलग्न सम्पूर्ण कागजातको प्रतिलिपि उपलब्ध गराइ प्रतिवादीलाई ‘राइट टु काउन्सिलिङ’ का आधारमा काउन्सिलिङ गर्न दिइ बयान लिनुपर्ने भन्दै न्यायाधीश ढकाललाई लिखितरुपमै आग्रह गरेकाले प्रक्रिया ढिलो सुरु भएको स्रेस्तेदार पराजुलीले बताएका छन।

भियोगपत्रमा आलमविरुद्ध सर्वस्वसहित जन्मकैद सजाय माग दाबी गरिएको छ। २०७४ सालमा आएको नयाँ मुलुकी अपराधसंहितामा सर्वस्वसहित जन्मकैदको व्यवस्था छैन। तर आलमको केस मुलुकी अपराधसंहिता लागू हुनुभन्दा पहिलाको भएकाले पुरानो मुलुकी ऐन २०२० अनुसार सर्वस्वसहित जन्मकैदक मागदाबी गरिएको हो। जिल्ला अदालत रौतहटमा दायर ०७६ सिए ००९५ दर्ता नम्बरको मुद्दामा आलमसहित एघार जनालाई प्रतिवादी बनाइएको छ। आलमलाई विष्फोटक पदार्थ बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको अभियोग लगाइएको छ।

आलमसँग बयान लिइसकेपछि थुनछेक बहस हुने छ। पीडित तथा वादीको पक्षबाट दुई वरिष्ठ अधिवक्तासहित १२ कानुन व्यवसायीले बहस गर्ने भएका छन्। वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, दिनेश त्रिपाठीलगायतले पीडितको पक्षमा बहस गर्ने काठमाडौंबाटै बहस गर्न आएका अधिवक्ता पुष्पराज पौडेलले बताएका छन। आसिकराम कार्की, गोविन्द शर्मा, रुद्र पोखरेल, कुमार शर्मा, राजकुमार महासेठ, ओमप्रकाश अर्याल, सतिसराज मैनाली, अमर राउतले पनि पीडितको पक्षमा बहस गर्ने पौडेलले बताए। आलमको पक्षमा २८ कानुन व्यवसायीले बहस गर्ने बुझिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार