मंसिर २२, २०८० शुक्रबार December 8, 2023

उपनिर्वाचन सुरक्षाका लागि ३३ हजार सुरक्षाकर्मी परिचालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गृह मन्त्रालयले उपनिर्वाचन सुरक्षार्थ १० हजार नेपाली सेना सहित ३३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

आगागी १४ मंसिरमा देशभरका कुल ५२ स्थानमा रिक्त पदमा उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभाको एक, प्रदेशसभा तीन, उपमहानगरको मेयर एक, नगरपालिकाका मेयर एक, गाउँपालिका प्रमुख तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदमा निर्वाचन हुने भएको हो ।

मन्त्रालयले निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी सोही बमोजिम सुरक्षा योजना बनाएको छ ।

उपनिर्वाचनको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभाग गरी चारवटै सुरक्षा निकाय परिचालन हुनेछन् । निर्वाचन हुने स्थान र मतपेटिका रहने पहिलो घेरामा नेपाल प्रहरीले सुरक्षा दिनेछ । त्यस्तै दोस्रो घेरामा नेपाली सेना तथा सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्नेछन् ।

मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सुरक्षा मजबुत पार्न १० हजार नेपाली सेना, १२ हजार नेपाल प्रहरी ११ हजार सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका गरी ३३ हजार बढी सुरक्षाकर्मी परिचालन हुने बताएका छन ।

सुरक्षाको अवस्था हेरी जिल्ला सुरक्षा समितिले सुरक्षाकर्मी संख्या बढाउन वा थप सुरक्षा माग्न सक्ने मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार