असार २१, २०८२ शनिबार July 5, 2025

नेकपा सचिवालय बैठक जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान नौ बजेपछि सुरु बैठकमा १४ मंसिरको उपनिर्वाचन, भारतसँग सीमा विवाद र मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भइरहेको बताइएको छ ।

सचिवालयका सल्लाहकारलगायतलाई राजीनामा दिन आग्रह गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरिरहेको चर्चा छ । अर्का अध्यक्ष प्रचण्डसँग सोमबार भएको भेटमा पनि प्रधानमन्त्री ओलीले यसै विषयमा छलफल गरेको बताइएको छ । यद्यपि यसको औपचारिक पुष्टि भएको छैन । प्रधानमन्त्री ओली मन्त्रिपरिषद पुनर्गठन गर्ने पक्षमा रहे पनि कसरी र कहिले गर्ने भन्ने टुंगो छैन ।

साथै १४ मंसिरमा हुन लागेको उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिका विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । बागलुङ, भक्तपुरलगायतका जिल्लामा देखिएका केही असन्तुष्टि समाधान गर्ने र नतिजा आफ्नो पक्षमा पार्ने चुनौती नेकपामा छ ।

सोमबार निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेपछि औपचारिक रुपमा चुनाव प्रचारको काम सुरु हुने छ ।

सचिवालयको बैठकमा भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा पनि छलफल हुने बताइएको छ । कालापानी र लिपुलेकलाई आफ्नो क्षेत्रमा पारेर नयाँ नक्सा सार्वजनिक भएपछि सरकारले त्यसको विरोध गर्दै सीमा समस्या समाधानका लागि भारतसँग छलफल गर्ने बताइसकेको छ । सत्तारुढ र विपक्षी दलले समेत भारतीय अतिक्रमणको विरोध गर्दै आएका छन् ।

तर, भारतीय अधिकारीले भने ७० वर्षदेखि आफूहरुले यही नक्सा सार्वजनिक गरिरहेको भन्दै नक्सा हेरफेर नहुने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार