मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

नेकपा सचिवालय बैठक जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान नौ बजेपछि सुरु बैठकमा १४ मंसिरको उपनिर्वाचन, भारतसँग सीमा विवाद र मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भइरहेको बताइएको छ ।

सचिवालयका सल्लाहकारलगायतलाई राजीनामा दिन आग्रह गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरिरहेको चर्चा छ । अर्का अध्यक्ष प्रचण्डसँग सोमबार भएको भेटमा पनि प्रधानमन्त्री ओलीले यसै विषयमा छलफल गरेको बताइएको छ । यद्यपि यसको औपचारिक पुष्टि भएको छैन । प्रधानमन्त्री ओली मन्त्रिपरिषद पुनर्गठन गर्ने पक्षमा रहे पनि कसरी र कहिले गर्ने भन्ने टुंगो छैन ।

साथै १४ मंसिरमा हुन लागेको उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिका विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । बागलुङ, भक्तपुरलगायतका जिल्लामा देखिएका केही असन्तुष्टि समाधान गर्ने र नतिजा आफ्नो पक्षमा पार्ने चुनौती नेकपामा छ ।

सोमबार निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेपछि औपचारिक रुपमा चुनाव प्रचारको काम सुरु हुने छ ।

सचिवालयको बैठकमा भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा पनि छलफल हुने बताइएको छ । कालापानी र लिपुलेकलाई आफ्नो क्षेत्रमा पारेर नयाँ नक्सा सार्वजनिक भएपछि सरकारले त्यसको विरोध गर्दै सीमा समस्या समाधानका लागि भारतसँग छलफल गर्ने बताइसकेको छ । सत्तारुढ र विपक्षी दलले समेत भारतीय अतिक्रमणको विरोध गर्दै आएका छन् ।

तर, भारतीय अधिकारीले भने ७० वर्षदेखि आफूहरुले यही नक्सा सार्वजनिक गरिरहेको भन्दै नक्सा हेरफेर नहुने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार