फागुण २, २०८१ शुक्रबार February 14, 2025

कर्मचारीको सरुवा अब चक्रीय प्रणालीमा !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । निजामती कर्मचारीको सरुवा चक्रीय प्रणालीमा गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले सहमति जुटाएको छ ।

समितिमा छलफलमा रहेको निजामती कर्मचारी विधेयकमा पूर्वानुमान योग्य हुने गरी कर्मचारीको सरुवाको चक्रीय प्रणालीमा गर्ने विषयमा बुधबार सहमति जुटेको हो ।

‘निजामती कर्मचारीलाई सरुवा गर्दा अनिवार्य रुपमा चक्रीय प्रणाली अवलम्बन गरिनेछ । यसरी सरुवा गर्दा निजामती कर्मचारीलाई सबै भौगोलिक क्षेत्रको अनुभव दिलाउने र पूर्वानुमान योग्य हुने गरी तोकिए बमोजिमको आधार र प्राथमिकता बमोजिम पारदर्शी रुपमा गरिनेछ’ समितिले सहमति जुटाएको विधेयकको दफा २२ मा भनिएको छ ।

मेरो सरुवा कहाँ हुँदैछ भन्ने जानकारी समेत पाउने गरी चक्रीय प्रणालीमा सरुवा गर्ने व्यवस्था विधेययकमा गर्न लागिएको सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले बताएका छन ।

कर्मचारी सरुवामा हालसम्म चक्रीय प्रणाली लागू भएको छैन । स्थानीय तहहरुको आधारमा नेपालको भूगोललाई चार वर्गमा विभाजन गरी कर्मचारीलाई चक्रीय रुपमा सरुवा गर्ने गरी विधेयकमा व्यवस्था गर्न लागिएको हो । स्थानीय तहहहरुलाई क, ख, ग र घ वर्गमा विभाजन गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आहारारा पोखरा गोल्डकप : नेपाल पुलिस र ब्ल्याक बुल्स एफसीबीच फाइनल भिडन्त हुँदै
२०८१ फागुण ३, शनिबार
ताप्लेजुङको आठराई त्रिवेणी पालिकाले निःशुल्क दाँत उपहार दिने
२०८१ फागुण २, शुक्रबार
सशस्त्र प्रहरीद्धारा पर्साबाट १७ लाखभन्दा बढी मूल्यको औषधी बरामद
२०८१ फागुण २, शुक्रबार
नेपाल तरुण दलको सदस्यता वितरण फागुन २९ गतेसम्म
२०८१ फागुण २, शुक्रबार
नयाँ नौ विधेयक ल्याउने मुख्यमन्त्री पाण्डेको घोषणा
२०८१ फागुण २, शुक्रबार
प्रधानमन्त्रीसँग सिङ्गापुरको सर्वना ग्रुपको भेटवार्ता : नेपालमा लगानी विस्तारबारे छलफल
२०८१ फागुण २, शुक्रबार
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा शुरु
२०८१ फागुण २, शुक्रबार