असोज १४, २०८३ बुधबार September 30, 2026

कर्मचारीको सरुवा अब चक्रीय प्रणालीमा !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । निजामती कर्मचारीको सरुवा चक्रीय प्रणालीमा गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले सहमति जुटाएको छ ।

समितिमा छलफलमा रहेको निजामती कर्मचारी विधेयकमा पूर्वानुमान योग्य हुने गरी कर्मचारीको सरुवाको चक्रीय प्रणालीमा गर्ने विषयमा बुधबार सहमति जुटेको हो ।

‘निजामती कर्मचारीलाई सरुवा गर्दा अनिवार्य रुपमा चक्रीय प्रणाली अवलम्बन गरिनेछ । यसरी सरुवा गर्दा निजामती कर्मचारीलाई सबै भौगोलिक क्षेत्रको अनुभव दिलाउने र पूर्वानुमान योग्य हुने गरी तोकिए बमोजिमको आधार र प्राथमिकता बमोजिम पारदर्शी रुपमा गरिनेछ’ समितिले सहमति जुटाएको विधेयकको दफा २२ मा भनिएको छ ।

मेरो सरुवा कहाँ हुँदैछ भन्ने जानकारी समेत पाउने गरी चक्रीय प्रणालीमा सरुवा गर्ने व्यवस्था विधेययकमा गर्न लागिएको सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले बताएका छन ।

कर्मचारी सरुवामा हालसम्म चक्रीय प्रणाली लागू भएको छैन । स्थानीय तहहरुको आधारमा नेपालको भूगोललाई चार वर्गमा विभाजन गरी कर्मचारीलाई चक्रीय रुपमा सरुवा गर्ने गरी विधेयकमा व्यवस्था गर्न लागिएको हो । स्थानीय तहहहरुलाई क, ख, ग र घ वर्गमा विभाजन गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार