असोज १८, २०८३ आइतबार October 4, 2026

जनआन्दोलनका घाइते मुकेशलाई ‘बनेपा तारा’ सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः जनआन्दोलन २०६२÷६३ का घाइते काभ्रेपलाञ्चोक बनेपाका मुकेश कायस्थलाई बनेपा नगरपालिकाले स्थापनाको ४०औँ स्थापना दिवसका अवसर पारेर ‘बनेपा तारा’ पदकद्वारा सम्मान गरेको छ । नगरपालिकाको स्थापना दिवसका अवसरमा शनिबार उहाँलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले नगद रु १० हजारसहित ‘बनेपा तारा’ पदकबाट सम्मान गर्नुभएको हो ।

सम्मानपछि उपप्रधानमन्त्री पोखरेलले मुकेश कायस्थको स्वास्थ्य अवस्था र अन्य अवस्थाबारेमा जानकारी लिनुभएको थियो । अझै पनि ओछ्यानमै उपचार गराइरहेका उहाँलाई बुबा कृष्णमान, आमा मीरा र आफन्तले ओछ्यानमै राखेर कार्यक्रमस्थल ल्याउनुभएको थियो । सो क्रममा आमा मीराले मुकेशको अवस्थाबारे जानकारी दिनुभएको थियो । मुकेशले विस्तारै चलमल गर्ने, मुस्कान दिन थाल्नेजस्ता प्रतिक्रिया दिन थालेको उहाँले बताउनुभयो । मुकेशको स्वास्थ्य अवस्थामा तुलनात्मकरूपमा पहिलाको भन्दा धेरै सुधार हुँदै आएको सो अवसरमा उहाँले बताउनुभयो । बनेपा नगरपालिका–८ स्थायी घर भएका मुकेश विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका थिए ।

उक्त अवसरमा नगरपालिकाका संस्थापक प्रमुख डा सुरेन्द्रबहादुर बादे श्रेष्ठ ‘बनेपा भाष्कर’ सम्मानद्वारा सम्मानित हुनुभएको छ भने इलाका प्रहरी कार्यालय बनेपाका तत्कालीन प्रमुख प्रहरी निरीक्षक (हाल प्रहरी नायब उपरीक्षक) हुनुभएका सुनिलजङ्ग शाह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती ‘बनेपा सेवा पदक’द्वारा सम्मानित हुनुभएको छ । शाहले अरनिको राजमार्ग दायाँ÷बायाँ बनेका संरचना हटाउन ठूलो योगदान दिएको र उप्रेतीले कोरोना भाइरस रोगको रोकथाम र न्यूनीकरण गर्न पु¥याएको योगदानस्वरुप सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै नगरपालिकामा निरन्तर २५ वर्षसम्म सेवा प्रदान गर्ने ३० कर्मचारीलाई ‘बनेपा दीर्घसेवा’ सम्मानबाट सम्मान गरिएको थियो । नगरपालिकालाई सहयोग गर्ने रोशी गाउँपालिका, विभिन्न सङ्घसंस्था र ज्येष्ठ नागरिक बनेपा–४ निवासी १०१ वर्षीय रामकृष्ण श्रेष्ठ तथा वडा नं ९ निवासी ९९ वर्षीय टुकमाई तिमल्सिनालाई पनि सम्मान गरिएको थियो । साथै विकास निर्माणलगायत नगरले गरेका कामको विवरण समेटिएको ‘स्मारिका २०७७’ पुस्तक सार्वजनिक गरेको छ । नगरपालिकाले स्थापना दिवसका अवसरमा आयोजित ¥यालीमा सहभागी विभिन्न समुदायका प्रतिनिधि तथा सङ्घसंस्थालाई समेत सम्मान गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार
कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं
२०८३ असोज १८, आइतबार