मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

ब्राजिलमा एकैदिनमा ७० हजार सङ्क्रमित तीन हजारको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ब्राजिलमा एकैदिनमा सङ्क्रमितहरुको सङ्ख्या बढ्ने क्रममा ७० हजार नाघेको छ ।

सरकारी अधिकारहिरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाभाइरसबाट ७० हजार २३८ जना सङ्क्रमित भएका हुन् । त्यसैगारी सोही अवधिमा ब्राजिलमा कोरोनाभाइरसका कारण दुई हजार ९२२ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट एक करोड २९ लाख १० हजार ८२ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख २८ हजार २०६ पुगेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

दक्षिण अमेरिकी मुलुक ब्राजिल कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकहरुको सूचीमा दोस्रो अग्रस्थानमा रहेको छ । सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ भने ब्राजिलपछि तेस्रोमा धेरै प्रभावित मुलुकको सूचीमा भारत रहेको छ ।

सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म तीन करोड १३ लाख १५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पाँच लाख ६७ हजार ६०० भन्दा बढीको मृत्यु भएको छ ।रासस/एएनआई/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार