असोज १८, २०८३ आइतबार October 4, 2026

नेपाल पत्रकार महासङ्घ राससको अध्यक्षमा गुरागाइँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः नेपाल पत्रकार महासङ्घ राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा पवित्रा गुरागाइँ निर्वाचित भएका छन् । महासङ्घको आज सम्पन्न २६औँ महाधिवेशन तथा निर्वाचनमा गुरागाइँको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

उपाध्यक्षमा अच्युत रेग्मी, महिला उपाध्यक्षमा मोहिनी रिसाल, सचिवमा छविलाल कुमाल, सहसचिवमा रोशा बस्नेत, सहसचिव (समावेशी)मा शर्मिला पाठक र कोषाध्यक्षमा दिलीप अधिकारी निर्वाचित भएका छन् । यस्तै सदस्यमा कृष्णप्रसाद सापकोटा, गीता पराजुली र रेशमा शाक्य निर्वाचित भएका छन् । महासङ्घको केन्द्रीय परिषद् सदस्यमा दिलीपप्रसाद शर्मा चयन भएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यलाई आज प्रमाणपत्र वितरण समारोहमा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले देशभर पत्रकार महासङ्घको निर्वाचन भइरहेको अवस्थामा राससभित्र सर्वसम्मत महिला नेतृत्व चयन गरेर उदाहरणीय काम प्रस्तुत गरेको बताए । उनले नयाँ कार्यसमितिले राससभित्रका श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने र राससलाई अग्रणी समाचार संस्थाका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रमुख निर्वाचन अधिकृत राजु शाक्यले आगामी दिनमा सफल ढङ्गले कार्यसम्पादन गर्न नयाँ कार्यसमितिलाई आग्रह गरे । महासङ्घका केन्द्रीय प्रतिनिधि एकराज पाठकले नेपाल पत्रकार महासङ्घको नयाँ व्यवस्थानुसार नयाँ कार्यसमिति आएको भन्दै कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार
कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं
२०८३ असोज १८, आइतबार