जेठ २३, २०८३ शनिबार June 6, 2026

टोपीमा भोट मागेपछि नेकपाका दुई नेतामाथि कारवाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनका उम्मेदवारलाई समर्थन गरिसकेका शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिडेपछि नेकपाले बागलुङका दुई स्थानीय नेतालाई कारवाही गरेको छ ।

पार्टीका जिल्ला तहका नेता तुलसीराम अर्याल र दधिराम अर्याललाई शेरमानको उम्मेदवारी कायमै रहेको भन्दै उनले पाएको चुनाव चिह्न टोपी दुरुपयोग गरेकाले कारवाही गरिएको नेकपाले जनाएको छ ।

नेकपाले शुक्रबार तुलसीरामलाई पार्टी सदस्यबाट निलम्बन र दधिरामलाई पार्टी सदस्य नरहने गरी निश्कासन गरेको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

उम्मेदवारी फिर्ता लिने दिन ढिलो पुगेपछि प्राविधिक कारण घर्तीको चुनाव चिह्न मतपत्रम यथावत छ । यद्यपी उनले पत्रकार सम्मेलन गरेर आफू उम्मेदवार नरहेको भन्दै नेकपा समर्थित बामपन्थी उम्मेदवार खिमबिक्रम शाहीलाई समर्थन गरेका थिए । शाही राष्ट्रिय जनमोर्चाको गिलास चिह्नबाट उम्मेदवार छन् ।

उनीहरुमाथि शेरमानलाई बागी उठाउने, उम्मेदवारी फिर्ता नलिन दबाब दिने र हेलिकोप्टर लिन जाँदा पनि ढोका थुनेर राखेको आरोप लगाइएको छ । दधिरम अहिले पनि शेरमानको चुनाव चिह्न टोपी बनाएर प्रचार प्रसारमा लागेपछि निश्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

निश्कासनमा परेका दुवै नेता यसअघि नेकपा मसालमा थिए । तुलसीराम २०७० मा माओवादीबाट संविधानसभा सदस्यको उम्मेदवार बनेका थिए भने दधिराम नेकपा एमालेबाट गत चुनावमा प्रदेशसभामा सिफारिस भएका थिए । तर उनको ठाउँमा राष्ट्रिय जनमोर्चालाई छाडिएपछि उम्मेदवारी फिर्ता भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार