मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

‘पूटिनका आलोचक नभाल्नीले तीन हप्तापछि शुक्रबार अनशन अन्त्य गर्ने निर्णय ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः देशद्रोह जेल पठाई क्रेमलिन आलोचक एलेक्सी नभाल्नीले आफ्नो तीन हप्ता लामो भोक हड्ताल शुक्रबार अन्त्य गर्ने बताउनुभएको छ ।

आफ्नो स्वास्थ्य उपचारका लागि रूसी जनता र विश्व समुदायले रूसी प्रशासनमाथि दिएको दबाबको परिणाम आफूलाई अस्पतालमा लगिएको भन्दै उहाँले सबैमा हार्दिकता प्रकट गर्नुभएको छ ।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार रूसी विपक्षी नेताको बिग्रिएको स्वास्थ्यको कारण उहाँलाई जेलबाट अस्पतालमा सारिएको केही दिन पछि यो घोषणा भएको हो । “देशभर र विश्वभरका असल व्यक्तिहरूको अथाह समर्थनका लागि धन्यवाद, हामीले ठूलो प्रगति गरेका छौं,” नभाल्नीको इन्स्टाग्राम पोस्टलाई उद्धृत गरी ‘द हिल’ ले लेखेको छ ।

उहाँले भन्नुभयो, “दुई महिना अघि, उनीहरू (रूसी प्रशासक) मैले केबल स्वास्थ्य उपचारको सहायताको लागि गरेको अनुरोधमा हाँसे र मलाई कुनै औषधि दिएनन् । एक महिना अघि, मैले मेरो उपचारका लागि गरिएका परीक्षण रिपोर्ट माग्दा ‘हाँसिमजाक’ गरियो । रूसी सरकारलाई मेरो मागप्रति झुकाउन पाएको विश्वव्यापी समर्थनका लागि म सबैमा धन्यवााद ज्ञापन गर्दछु । अहिले मलाई नागरिक चिकित्सकहरूको समूहले दुई पटक जाँच गरिसकेको छ ।”

रूसी समाचार संस्था स्पुत्निकले नाभाल्नीले भोक हड्ताल फिर्ता लिन लागेकोबारेमा जानकारी दिँदै आफ्नो समाचारमा लेखेको छ, “मैले मलाई हेर्ने छुट्टै चिकित्सकको मागलाई फिर्ता लिएको छैन । मेरो अङ्गमा केही संवेदना हराएको छ, र म यो के हो र यसलाई कसरी उपचार गर्ने भनेर जान्न चाहन्छु । यद्यपि प्रगतिलाई ध्यानमा राख्दै यो रोग निदान र सबै परिस्थितिहरुका कारण मैले भोक हड्ताल समाप्त गर्ने निर्णय लिएको छु ।”

आफ्नो नजरबन्दबिरूद्ध विरोध प्रदर्शन भएकोमा आफूलाई ‘गर्व र आशा’ महसुस भएको नभाल्नीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार