श्रावण ३१, २०८३ आइतबार August 16, 2026

गण्डकीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरिएको छ । आजबाट सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले संसदमा अविश्वासको प्रस्ताव पेश गरेको हो ।

गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समावादी पार्टीका २८ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित बैशाख २ गते संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्ताव दर्ता अगावै चालु अवस्थामा रहेको हिउँदे अधिवेशन सरकारकातर्फबाट अन्त्य भएपछि विपक्षीहरुले विशेष अधिवेशनको माग गरेका थिए ।

दलहरुको माग अनुसार प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो दुई बजेका लागि विशेष अधिवेशन आव्हान गर्नुभएको थियो । विशेष अधिवेशनमा मुख्यमन्त्रीका विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावका विषयमा छलफल गरेर मतदान गर्ने कार्यतालिका रहेको छ ।

यस अगाडि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैशाख १५ गते भित्रै अविश्वासको प्रस्तावलाई मतदानमा लैजने गरी सहमति भएको थियो । अविश्वासको प्रस्ताव लैजादा मुख्यमन्त्रीका प्रस्तावक नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको मर्म अनुसार जननिर्वाचित संसद र सरकार पाँच वर्षनै चल्नुपर्ने भएपनि प्रधानमन्त्रीले संसद विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाए ।

दल विभाजन भएको र सत्ताधारी दलले समर्थन फिर्ता लिदा समेत मुख्यमन्त्रीले विश्वासको मत नलिई अनावश्यक चलखेल गरेकाले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अवस्था रहेको पोखरेलले बताए । विशेष अधिवेशनमा अहिले प्रदेशसभा सदस्यहरुले आआफ्ना भनाईहरु राख्नेक्रम सुरु भएको छ ।

गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७, नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, जनता समाजवादीका दुई र एक स्वतन्त्र रहेका छन् । हाल मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई एक स्वतन्त्र गरी २८ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार