श्रावण ३१, २०८३ आइतबार August 16, 2026

दुई अध्यादेश सर्वसम्मत पारित, दुई विधेयक प्रदेशसभामा टेबुल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठकबाट दुई अध्यादेश सर्वसम्मत पारित भएको छ । दुईवटा विधेयक भने प्रदेशसभामा टेबुल गरिएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा सभामुख राजबहादुर शाहीले अनुमति दिएसँगै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रशासकीय कार्यविधि नियमित गर्ने पहिलो संशोधन अध्यादेश, २०७७ र प्रदेश लोकसेवा आयोग दोस्रो संशोधन अध्यादेश २०७७, स्वीकृत गरियोस् भनी सभासमक्ष प्रस्ताव गर्नुभएको थियो । प्रस्तावित दुवै अध्यादेश सभाबाट सर्वसम्मत पारित भएका छन् ।

कानूनमन्त्री भण्डारीले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ सभासमक्ष टेबुल गर्नुभयो । सामाजिक विकासमन्त्री विमला केसीले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०७६ सभासमक्ष टेबुल गर्नुभयो ।

त्यस्तै, सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले कर्णाली प्रदेशको स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि संशोधन प्रस्ताव पारित भएको छलफलको प्रतिवेदन पेश गर्नुभएको थियो ।

बैठकको विशेष समयमा नेकपा एमाले प्रदेशसभा दलका नेता यामलाल कँडेलले सरकारलाई जनभावनाअनुरुप अगाडि बढाउने मामिलामा सहयोग रहने बताउनुभयो । वैशाख ३ गतेको घटनालाई स्मरण गर्दै उहाँले कतिपय प्रदूषित कुराले नेकपा एमाले राष्ट्रव्यापी चर्चाको विषय बनेको र कर्णालीमा घटित घटना राजनीतिक अपराध भएको टिप्पणी गर्नुभयो ।

प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले कर्णालीमा कोभिडको भयावह अवस्था देखापरेको जनाउँदै यसको व्यवस्थापनमा सरकारले ढिला गर्न नहुनेमा जोड दिनुभयो ।

त्यसैगरी, प्रदेशसभा सदस्यद्वय ठम्मर विष्ट र पद्मा खड्काले कोरोनासँग सम्बन्धित चिकित्सकहरुको अभाव रहेको औँल्याउँदै प्रदेश सरकारले समन्वयको भूमिकालाई प्रभावकारी बनाएर लैजानुपर्ने सुझाव दिनुभएको थियो । प्रदेशसभाको तेस्रो बैठक वैशाख १४ गते अपराह्न २ बजे हुने सभामुख शाहीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार