श्रावण ३१, २०८३ आइतबार August 16, 2026

राष्ट्रिय सभा निर्वाचनः विपक्षी दल एक ठाउँमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभा बाग्मती प्रदेशतर्फ ६ र लुम्बिनी प्रदेशतर्फ १७ जेठमा हुन गइरहेको उपनिर्वाचनका लागि विपक्षी दलले गठबन्धन तयारी थालेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल पक्षसमेत गरी विपक्षी दलका शीर्षनेताको मंगल र बुधबार बसेको बैठकले एमालेको केपी ओली पक्षका उम्मेदवारविरुद्ध गठबन्धन बनाउने निर्णय गरेको हो ।

जसअनुसार यो समूहले बाग्मती प्रदेशमा रिक्त सदस्य पदमा खिमलाल देवकोटालाई अघि बढाउने निर्णय गरेको छ । उनी नेकपा एकता हुँदा प्रचण्ड–नेपाल समूहनिकट थिए ।

जसपा अध्यक्ष उपेन्द्र यादवको ललितपुर हात्तिवनस्थित निवासमा बुधबार बिहान भएको ती दलका नेताको छलफलपछि यस्तो निर्णय भएको हो । एमालेको ओली पक्षले भनेलाई बाग्मतीमा रामबहादुर थापालाई उम्मेदवार बनाउने बताउँदै आएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा रिक्त पदमा भने कांग्रेसतर्फबाट उम्मेदवार हुने व्यक्तिलाई सघाउने विषयमा सहमति भएको छ । राष्ट्रिय सभामा उम्मेदवारसहित २७ वैशाखमा प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिने विषयमा मंगलबार र बुधबार कांग्रेस, माओवादी, जसपाको उपेन्द्र पक्ष र एमालेको माधव नेपाल पक्षबीच छलफल भएको थियो ।

लुम्बिनीमा भने एमालेबाट प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दुर्गानारायण पाण्डे कांग्रेसमा प्रवेश गरेकाले कांग्रेसले उनैलाई उम्मेदवार बनाउने सम्भावना छ । राष्ट्रिय सभामा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख उपप्रमुख मतदाता हुन्छन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार