बैसाख १७, २०८३ बिहिबार April 30, 2026

उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न कांग्रेसका दर्जन नेता धरानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न कांग्रेसले धरानमा ठूलो शक्ति खर्च गरेको छ । धरान उपमहानगरपालिकाको मेयरका लागि हुन लागेको निर्वाचनका क्रममा कांग्रेसका दर्जन केन्द्रीय नेता चुनावी प्रचार–प्रसारमा सहभागी भइसकेका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा करिब १४ हजार मतले पछि परेको कांग्रेस यसपटक धरानमा जसरी पनि जित्ने अभियानमा लागेको छ । बिहीबार प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको झन्डा भएका घरमा समेत पुगेर मत मागे । यस्तै, बुधबार केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सुकुम्बासी बस्तीमा पुगेर भोट मागेका थिए ।

यसअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, केन्द्रीय सदस्य गुरुराज घिमिरे, ज्ञानेन्द्र कार्की, धनराज गुरुङ, महेश आचार्य, मीन विश्वकर्मा, तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतले भोट मागेका थिए । महेश आचार्यलाई पार्टीले नै खटाएकाले सुरुदेखि नै धरानमा छन् । मीन विश्वकर्मा पनि धरानमै छन् । मंसिर १० गते हुने चुनावी सभामा प्रमुख वक्ताका रूपमा गगन थापालाई बोलाइएको छ । सबै नेताको ध्यान धरानको चुनावमा भएको नगर कार्यकर्ता प्रेम पराजुलीले बताए ।

लामो समयदेखि कम्युनिस्टले जित्दै आएको धरानको मेयरमा यसपटक पनि सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । नेकपाले उपनिर्वाचनमा स्व. मेयर तारा सुब्बाले अघि सारेका गौरवका आयोजनाहरू पूरा गर्न आफ्नो नेतृत्व पुनः आवश्यक भएको भन्दै घरघरमा पुगेर मत मागेको छ । मेयरमा नेकपाले जिल्ला कमिटी सदस्य प्रकाश राईलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले नगर सभापति तिलक राईलाई अघि सारेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
२०८३ बैसाख १७, बिहिबार