जेठ ६, २०८१ आइतबार May 19, 2024

अमेरिकामा फाइजर भ्याक्सिन १२ बर्षमाथिका सबैले लगाउन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्धको फाइजरको भ्याक्सिन १२ बर्षदेखि १५ बर्षसम्मकाहरुमा प्रयोगका लागि समेत अनुमति दिएको छ ।

अब अमेरिकामा यो भ्याक्सिन १२ बर्षमाथिका सबैले लगाउन पाउने भएका छन् ।

फाइजरले १२ देखि १५ बर्षसम्मका बालबालिकाहरुमा भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि अनुरोध गर्दै आवेदन दिएको थियो । जस अनुशार अब एफडीएले भ्याक्सिनको आपतकालिन प्रयोगमा संसोधन गरेको हो ।

मार्चको अन्तिममा गरिएको क्लीनिकल परीक्षणमा २२ सय ६० जना १२ बर्षदेखि १५ सम्मका बालबालिकाहरु सहभागी थिए । उनीहरुमा भ्याक्सिन शतप्रतिशत प्रभावकारी पाइएको छ ।

डिसेम्बरमा प्रयोगको अनुमतिपछि अमेरिकामा फाइजर र मोडेर्ना भ्याक्सिन धमाधम वितरण भइरहेको छ । अमेरिकामा एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको भ्याक्सिनलाई पनि प्रयोगको अनुमति छ ।

त्यस्तै मेरिल्याण्डमा रहेको नोभाभ्याक्सले पनि सोमबार १२ बर्षदेखि १७ बर्षसम्मका ३ हजारसम्ममा तेश्रो चरणको क्लीनिकल परीक्षण विस्तार गर्ने बताएको छ ।

उनीहरुलाई दुईडोज भ्याक्सिन वा सलाइन २१ दिनको अन्तरमा प्रदान गरिनेछ । यो भ्याक्सिनले भने अमेरिकामा प्रयोगको अनुमति पाएको छैन । एजेन्सी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार