जेठ ७, २०८१ सोमबार May 20, 2024

कोरियाले निर्माण गर्यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ ।

किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।

उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चिन्त हुन सकिन्छ । घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ ।

यतिमात्र नभई यो किट अब हरेक २४ घण्टे पसलमा सहजै उपलब्ध हुने भएको छ । यहाँका जी एस–२५, सेभेन इलाभेन, इ–मार्टलगायतका २४ घण्टे पसलबाट सजिलै खरिद गर्न सकिने उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात् झण्डै एक हजार नेपाली रुपैयाँ पर्छ ।

यसको सहायताले अब प्रयोगकर्ताले सहजै आफ्नो नतिजा थाहा पाई पोजिटिभ आए सेल्फ आइसोलेशन बस्ने तथा थप पिसिआर जाँच गरी स्वास्थ्य सुरक्षा अपनाउन सक्नेछन् ।

कोरियामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप थप बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउन उक्त नीति अवलम्बन गरेको बताइएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया