जेठ ६, २०८१ आइतबार May 19, 2024

अस्ट्रेलिया र मोडर्नाबीच दुई करोड ५० लाख डोज खोपमा सहमति, बढी भए अन्य देशलाई दिन्छौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अस्ट्रेलियाले आफ्ना सबै बयस्क नागरिकलाई खोप लगाउने गरी अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नासँग कोभिड–१९ विरुद्धको दुई करोड ५० लाख खोप किन्न सम्झौता गरेको छ ।

सम्झौतामा पहिलो चरणमा यही सन् २०२१ भित्र मोडर्नाले एक करोड डोज खोप आपूर्ति गर्नेछ भने अर्को वर्ष सन् २०२२ मा एक करोड ५० लाख डोज आपूर्ति गरिने उल्लेख छ ।

अस्ट्रेलियाको औषधि नियामक निकाय (टिजीए) ले मोडर्नाका खोपलाई स्वीकृत गरिसकेको छैन । हालसम्म अस्ट्राजेनिका र फाइजरका खोपलाई मात्र टिजीएले मान्यता दिएको छ । यी तीनै किसिमका खोप दुई डोज लगाउनु पर्दछ ।

प्रधानमन्त्री स्कट मोरिसनले मोडर्नाका एक करोड डोज खोप यसै वर्षको अक्टोबरदेखि डिसेम्बरभित्र अस्ट्रेलिया आइपुग्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले अरु डेढ करोड डोज खोप भने भविष्यमा आइपर्ने संकटका बेलामा थप डोजका लागि हो भन्नुभयो ।

“कोरोनाभाइरस तत्कालै हामीबाट बिदा हुने सम्भावना देखिएन । त्यसैले भविष्यलाई पनि हेरेर तयारी गर्नुपर्ने अवस्था छ,” प्रधानमन्त्री मोरिसनले भन्नुभयो ।

मोडर्नाले आफ्नो खोप अस्ट्रेलियामै उत्पादन गर्ने बारेमा पनि अस्ट्रेलिया सरकारसँग छलफल गरिरहेको छ ।

अस्ट्रेलियाका विज्ञान तथा औद्योगिक प्रविधि सल्लाहकार समूहका अध्यक्ष ब्रेन्डन मर्फीले मोडर्नासँगको छलफल सकारात्मक भए अर्को वर्षभित्रै अस्ट्रेलियामा मोडर्नाका खोपहरु उत्पादन हुनसक्ने बताउनुभयो ।

अस्ट्राजेनिका खोप भने अस्ट्रेलियामा उत्पादन हुन थालिसकेको छ । मोडर्नाका दुबै खोप तीन साताभित्रै लगाउन सकिने अवस्था छ भने अस्ट्राजेनिकाको दोस्रो डोज तीन महिना कुर्नुपर्ने छ ।

फाइजरको खोप पनि तीन साताभित्रै लगाउन सकिन्छ ।

मोडर्नाको खोपका कारण अस्ट्रेलियाका सबै वयस्क नागरिकले यसै वर्षको अन्त्यसम्ममा खोप पाइसक्ने छन् । अस्ट्रेलियाले यसअघि नै फाइजरबाट दुई करोड डोज खोप लिन सम्झौता गरिसकेको छ ।

यो खोप ५० वर्षभन्दा कम उमेरका व्यक्तिको रोजाईको खोप हो किनभने यो उमेरभन्दा कम भएका व्यक्तिमा अस्ट्राजेनिका खोप लगाउँदा रगत जम्ने समस्या देखिएको थियो ।

सरकारले अस्ट्राजेनिकाको ३८ लाख डोज खोप आयात गर्ने तथा पाँच करोड डोज अस्ट्रेलियामै उत्पादन गर्ने सम्झौता गरेको छ । तर अहिले अस्ट्रेलिया सरकारले ५० वर्षभन्दा मुनिका व्यक्तिलाई मोडर्नाको खोप दिने तयारी गरेको छ ।

अस्ट्रेलियाले नोभाभाक्ससँग पनि पाँच करोड १० लाख डोज खोप खरिद गर्न सम्झौता गरेको र त्यो यसैवर्ष आपूर्ति हुने स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताउनुभयो ।

उहाँले अस्ट्रेलियासँग बढी हुने खोप अन्य मुलुकलाई अनुदानमा उपलब्ध गराउने योजना बनाएको जानकारी दिनुभयो ।

अस्ट्रेलियामा गत फेब्रुअरीदेखि खोप अभियान शुरु भएको थियो । सरकारले मार्चको अन्त्यसम्ममा ४० लाख खोप लगाउने योजना बनाएको थियो ।

तर खोप आपूर्तिमा भएको ढिलाईका कारण २८ लाख डोज मात्र लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अस्ट्रेलियाले कोरोनाभाइरस नियन्त्रणमा तुलनात्मक रुपमा राम्रो सफलता प्राप्त गरेको छ । कोभिड–१९ बाट हालसम्म ९१० जनाको मात्र ज्यान गएको छ ।

यदि पर्याप्त सावधानी नअपनाएको भए अस्ट्रेलियामा ३० हजारभन्दा बढीको ज्यान जाने सरकारको दाबी छ ।  (रासस–एपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार