जेठ ७, २०८१ सोमबार May 20, 2024

जापानको फुकुसीमामा ६ म्याग्नीच्यूडको भूकम्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराई केन्द्र रहेको उक्त भूकम्प स्थानीय समय अनुसार बिहान ८ बजेर ५८ मिनेटमा आएको थियो ।

उक्त भूकम्पको तिब्रता त्यति बढी नभएको भन्दै विभागले सुनामीको चेतावनी जारी गरेको छैन। भूकम्पीय जोखिममा रहेको जापानमा वर्षैभरि सानाठूला भूकम्प गइरहन्छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया