जेठ ६, २०८१ आइतबार May 19, 2024

इजरायल र प्यालेस्टाइन द्वन्द्व: रकेट बमको वर्षा, ७४ को मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्यालेस्टाइनको इजरेल विरोधी समूह हमास र इजरेलबीच युद्धको खतरा बढेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । हमासले इजरेलको तेल अभिभ लगायतका क्षेत्रमा सयौं क्षेप्यास्त्र हानेको छ भने इजरेलले हमासको अखडा मानिएको गाजा क्षेत्रमा क्षेप्यास्त्र हानेको छ ।

सोमबार रातिदेखि सुरुवात भएको यस द्वन्द्वमा परेर हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ। खबर अनुसार प्यालेस्टाइन पट्टी १४ बालबालिकासहित ६७ जना र इजरेलको ७ जनाको मृत्यु भएको हो ।

इजरेलको केही क्षेत्रहरुमा यहुदी र अरबी मुसलमानहरु बसोबास गर्दछन्। उनीहरुबीच पनि हिंसा मच्चिएको बताइएको छ । इजरेली प्रहरीका अनुसार बुधबारको हिंसापछि ३७४ जनालाई गिरफ्तार गरिएको छ। ३६ प्रहरी घाइते भएको बताइएको छ ।

जेरुसलेमका प्यालेस्टाइनी तथा मुस्लिम नागरिकलाई त्यहाँका यहुदी समुदायले लखेट्न खोजेको भन्दै शुरुवातमा त्यहाँ विवाद भएको हो ।

जेरुसलेमको अल–अक्सा मस्जिद मुसलमानको पवित्र धार्मिकस्थल मानिन्छ। प्यालेस्टाइनका नागरिकलाई मस्जिदमा प्रवेश गर्न नदिएपछि हिंसा शुरुवात भएको बताइएको छ ।

शुरुवात भएको संघर्षमा इजरेली प्रहरीले अधिकांश प्यालेस्टाइनी नागरिक घाइते बनाएपछि प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरेलतर्फ हालै क्षेप्यास्त्र हानेको थियो। त्यसको प्रतिकार गर्दै इजरेलले प्यालेस्टाइनको गाजा क्षेत्रमा आक्रमण गर्दा १३ तले भवन समेत भत्किएको छ ।  वीवीसीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार