जेठ ६, २०८१ आइतबार May 19, 2024

अफगानिस्तानमा तालिबानीको तीन दिने युद्धबिराम समाप्त, वार्ता प्रक्रिया शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अफगानिस्तानमा युद्धरत तालिबान समूहले ईद पर्वको अवसरमा गरेको तीन दिने युद्धविराम आइतबार समाप्त भएको छ ।

ईदका अवसरमा घोषणा गरिएको यस युद्धबिरामको अवधिमा पनि हिंसात्मक झडपहरु र बम हमला भएका थिए, तर अधिकांश हिंसात्मक घटनाको जिम्मेवारी अफगानिस्तानमा सक्रिय अर्को इस्लामिक संगठन इस्लामिक स्टेटले लिएको थियो ।

युद्धबिराम समाप्त भएसँगै सरकार र तालिबानबीच शान्तिवार्ता पुनः शुरु गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई आह्वान गरेका छन् ।

तालिबानका राजनीतिक मामिला सम्बन्धी प्रवक्ता सुहेल शाहीनले सरकार र तालिबानका प्रतिनिधिबीच कतारमा पुनः भेटवार्ता भएको बताउनुभयो । दुबै पक्षले शान्तिका प्रति आआफ्ना प्रतिबद्धता व्यक्त गरेको र रोकिएको वार्ता चाँडै शुरु गर्न सहमति जनाएको उहाँले बताउनुभयो ।

संयुक्तराज्य अमेरिकाले दुबै पक्षलाई शान्तिवार्ता जतिसक्दो चाँडो शुरु गर्न दबाब दिइरहेको छ । अमेरिकाले अफगानिस्तानमा तैनाथ करिब २५०० देखि ३००० सेना तथा नेटोले आफ्ना करिब सात हजार सेना आगामी सेप्टेम्बर ११ अघि नै फर्काउन थालेकाले पनि वार्ता प्रक्रिया जतिसक्दो चाँडो टुङ्ग्याउन अमेरिकाले दुबै पक्षलाई दबाब दिएको हो ।

पछिल्लो समय अफगानिस्तानमा इस्लामिक स्टेट समूह बढी सक्रिय देखिएको छ । देशका विभिन्न भागमा इस्लामिक स्टेटले बम हमला गरेर जनधनको ठूलो क्षति पु–याएको छ ।

यसैबीच, शनिबार चीनका विदेश मन्त्री वाङ यीले पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरेसीलाई टेलिफोन गरी अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिकको स्वदेश फिर्तापछिको अवस्थाका बारेमा चासो राख्नु भएको थियो ।

चिनियाँ विदेश मन्त्री वाङले विदेशी फौजको फिर्ती हतारमा भइरहेको र यसले अफगानिस्तानको शान्तिप्रक्रियामा गम्भीर असर पर्ने तथा क्षेत्रीय स्थायित्वमा नकारात्मक प्रभाव पर्ने बताउनु भएको थियो । उहाँले राष्ट्रसंघले आफ्नो भूमिका बढाउनुपर्नेमा जोड दिनु भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार