वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

संयुक्त राष्ट्रसङ्घद्धारा गाजामा युद्धविराम गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राष्ट्रसङ्घीय बालबालिका सम्बन्धी कोष, युनिसेफले मध्यपूर्वमा युद्धविराम गरेर बालबालिकाको सुरक्षा गर्न आग्रह गरेको छ । मध्यपूर्वमा जारी रहेको हिंसाका क्रममा त्यहाँका लाखौँ बालबालिका असुरिक्षत भएका र उनीहरुको अवस्था नाजुक भएको भन्दै सो आग्रह गरेको हो ।
सयुक्त राष्ट्रसङ्घीय बालबालिका सम्बन्धी कोष, युनिसेफका प्रमुखले सो आग्रह गर्नुभएको हो । गाजामा जारी रहेको हिंसाले अवस्था दिन प्रतिदिन गम्भीर भएको उहाँले बताउनुभएको छ । युद्धविराम गर्न र शान्तिपूर्ण रुपमा समस्याको समाधान खोज्नका लागि उहाँले आग्रह गर्नुभएको छ ।

सयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी कोषका कार्यकारी निर्देशक हानरिता फोरले यो हिंसाले यहाँका परिवारहरु मारिएका र घरबारबिहीन भएका जसका कारण यहाँका नागरिकमा परेको समस्याको असर बालबालिकामा परेको बताउनुभएको छ ।

युद्धग्रसत रहेको क्षेत्र गाजाबाट कम्तीमा पनि ३० हजार जना बालबालिका विस्थापित भएका बताइएको छ । प्यालेस्टाइनीहरुको अधीनमा रहेको सो क्षेत्रका ठूलो संख्याका बालबालिका समस्यामा परेको सो कोषको भनाइ छ ।

साथै गाजा क्षेत्रमा बढ्दो हिंसाका कारण यहाँका कम्तीमा दश लाख बालबालिकामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा युद्धको असर परिरहेको पनि उहाँले बताउनुभएको छ ।सो क्षेत्रमा बालबालिकासहित सबै नागरिकका लागि आवश्यक मानवीय सहायता पनि पुग्न नसकेको सयुक्त राष्ट्रसंघीय सो निकायले बताएको छ । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार