बैसाख १९, २०८३ शनिबार May 2, 2026

म्यानमारमा सुकीको पार्टी खारेज गर्ने निर्वाचन आयोगको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको पार्टी खारेज हुने सम्भावना देखिएको छ । त्यहाँको निर्वाचन आयोगले सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)लाई खारेज गर्ने तयारी गरेको हो ।

गएको वर्ष भएको चुनावमा जालसाजी गरेको आरोप लगाउँदै यो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ । सेनाद्वारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा आफूहरुले विचार गरिरहेको जानकारी दिनुभएको हो ।

गएको वर्षको नोभेम्बरमा भएको चुनावमा एनएलडीले ८३ सिट जितेको थियो । यसलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । सेनाले गएको फेब्रअरी १ मा नेत्रृ सुकीसहितका नेतालाई हिरासतमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको छ । यसको विरोधमा म्यानमारमा नागरिक आन्दोलन भइरहेको छ । रासस- एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो
२०८३ बैसाख १९, शनिबार
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
२०८३ बैसाख १९, शनिबार
अतिक्रमण हटाउने अभियान तीव्र : विस्थापित राख्न पाँच शिविर
२०८३ बैसाख १९, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८३ बैसाख १९, शनिबार
बुद्धले पनि बास नपाएको सुकुम्बासी बस्ती
२०८३ बैसाख १९, शनिबार
तराईको जलप्रणाली क्षतविक्षत
२०८३ बैसाख १९, शनिबार
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
२०८३ बैसाख १९, शनिबार