वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

पश्चिमी वायुले कसरी पानी पार्छ ? यसरी गरिन्छ मौसमको पूर्वानुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मौसम पूर्वानुमानलाई ‘भविष्यवाणी’ कै रुपमा बुझिन्छ । तर, यो कुनै हचुवाको रुपमा गरिएको भविष्यवाणी नभएर पृथ्वीको वायुमण्डलमा रहेको वर्षा, हावाको गति–दिशा, सापेक्ष आद्रता, वायुमण्डलीय चाप, सूर्यको प्रकाश, हिँउ र तापक्रमका आधारमा गरिने हिसाव–किताब हो ।

यसरी गरिन्छ मौसमको पूर्वानुमान 

विश्वकै वायुमण्डलीय अवस्था हेर्न हावाको गति, बादलको किसिम, सुर्यको प्रकाशको अध्ययन गरिन्छ । यस्तै महादेश, देश हुँदै कुनै ठाँउको मौसमको अवस्थाको हिसाब गरिन्छ । थुप्रै ठाँउको डाटालाई हेरेपछि आज वा भोलिको मौसम कस्तो रहन्छ भनेर पूर्वानसमान लगाउन सकिन्छ । मौसम पूर्वानुमान डिभिजनका मौसमविद् समिर श्रेष्ठका अनुसार विभिन्न सुत्रहरु प्रयोग गरेर ७२ घण्टाको पूर्वानुमान गर्न सकिन्छ । एउटा सानो अंकमा फरक पर्ने वित्तिकै अनुमान फेल हुन्छ ।

मौसम अनुमानबारे राखिएको जिज्ञासामा उनले हाँस्दै जवाफ दिए, ‘गणितीय डाटा निकाल्ने तरिका जान्न त पुरै कोर्स पढ्नुपर्छ । काठमाडौंबाट चलेको हावाको दिशा र गतिअनुसार चितवनतर्फ जाँदैछ भन्न सकिन्छ । प्राकृतिक कुरा हो, मुग्लिनबाट मोडिएर गोर्खातर्फ पनि जान सक्छ । अवस्था हेरेर एउटा अनुमानमात्र गर्ने हो । मौसमको पूवार्नुमान सत्प्रतिशत मिल्दैन ।’

आकासमा रहेका स्याटेलाइटहरुबाट पाइने डाटालाई मात्र आधार बनाउँदा केही घण्टाको मौसम पूर्वानुमान गर्न सकिन्छ । २०७३ सालभन्दा पहिला स्याटेलाइटले दिने तथ्याङकका आधारमा गरिने मौसम पूर्वानुमान कमै मिल्थ्यो । अहिले राडार, तातो बेलुन र स्याटेलाइटका दिने डाटाको प्रयोग गरिन्छ । स्याटेलाइटले आकासबाट तलको अवस्था खिच्छ । राडारले तलबाट आकासको अवस्थाको सूचना निकाल्छ । यसले गर्दा धेरै हदसम्म मौसमसम्बन्धी गरिएको अनुमान मिल्ने गर्छ ।

अहिले अन्तरिक्षमा राखिएका ‘एड्भान्स स्याटेलाइट’ ले पृथ्वीको जुनसुकै ठाँउमा एक वर्ग किलोमिटर लम्बाइ र यतिनै क्षेत्रफलको चौडाइमा वायुमण्डलीय अवस्थाको स्पष्ट डाटा दिन सक्छन् । विकसित देशले योभन्दा पनि एड्भान्स डाटा निकाल्न सकिने क्षमताका स्याटेलाइट प्रयोग गरेका छन् । नेपालले अहिलेसम्म जापान र चीनको स्याटेलाइटबाट वायुमण्डलको डाटा प्राप्त गर्छ । नेपालमा अहिले एउटामात्र मौसमी राडार छ, जुन सुर्खेतमा जडान गरिएको छ । यो राडारले आफु रहेको ठाँउबाट ४ सय किलोमिटर वरपरको मौसमसम्बन्धी विवरण संकलन गर्छ । यसकै आधारमा मौसमी अवस्था आँकलन गरिने मौसाविद् श्रेष्ठले बताए ।

मौसम पूर्वानुमान महाशाखाले तातो बेलुन उडाएर पनि वायुमण्डलीय अवस्थाको तथ्याङ्क संकलन गर्दै आएको छ । प्रत्येक दिन बिहान किर्तिपुरबाट तातो बेलुन उडाइन्छ । तातो बेलुनमा आद्रता, तापक्रम, हावाको गतिलगायतका तत्व नाप्न  सेन्सर जडान गरिएको छ । यसबाट पनि विभिन्न ठाउँको मौसमको पूर्वानुमान हुँदै आएको छ ।

पश्चिमी वायुले कसरी पानी पार्छ ? 

हिँउदमा जाडो बढाउन आउने पानीलाई पश्चिमी वायुका कारण ‘भारी वर्षा’ भनिन्छ । वर्षायाममा बंगालको खाडीबाट मनसुनी भित्रिएजस्तै हिँउदमा भुूमध्यसागरको वायु इराक, इरान, अफगानस्तान, पाकिस्तान र भारत हुँदै पश्चिमी वायु वा वर्षा नेपाल भित्रिन्छ ।  पश्चिमतिरबाट आउने हुनाले यसलाई पश्चिमी वायु भनिएको मौसमविद् पौडेल बताउँछन् । मौसमविद् पौडेलका अनुसार नेपालमा  मार्चदेखि मेसम्म स्थानीय बादलको प्रभाव बढी रहन्छ । यो अन्य ठाउँको तुलनामा पोखरा क्षेत्रमा बढी हुन्छ । यति बेला यसक्षेत्रको बादल निकै शक्तिशाली हुन्छ । यो समयमा पानी कम परेपनि बादलको आपसी ठक्करले आकास गर्जने, चट्याङ पर्ने तथा डढेलाेलो लाग्ने बढी हुन्छ । भारी वर्षाका लागि जलवाष्पयुक्त वायु समुन्द्रबाटै आउनु पर्छ ।

बंगालको खाडीबाट मात्रै किन आउछ मनसुन ?

वर्षायाममा निकै सुनिने शब्द हो, ‘बंगालको खाडी र मनसुन’ । नेपालमा बंगालको खाडीबाट मात्रै किन आउछ मनसुन ? उत्तर, दक्षिण वा पश्चिमबाट किन आउँदैन होला ? धेरैले राख्ने जिज्ञासा हो यो । नेपालको पछिल्लो ३० वर्षको मनसुनका आधारमा मौसम विभागले जुन १० देखि सेप्टेम्बरसम्मको अवधिलाई सक्रिय मनसुन भन्छ । मौसम विभागका मौसमविद् बरुण पौडेलका अनुसार पृथ्वीको बीचमा भू–मध्य रेखा छ । जसले पृथ्वीलाई उत्तरी र दक्षिणी गोलाद्र्धमा विभाजन गरेको छ । यी दुवै गोलद्र्धको धुव्रीय क्षेत्रतिरको आकासमा हावाको मुस्लो पश्चिमबाट पूर्वतर्फ मडारिन्छ । ‘जेट स्ट्रिम’ नाम दिइएको यो मुस्लोलाई धुव्रीय क्षेत्र नजिक पुग्दा धुव्रीय स्ट्रिम र भू–मध्ये रेखामाथि आइपुग्दा ‘सब–ट्रपिकल स्ट्रिम’ भनिन्छ ।

 पृथ्वीको गतिसँगै घुम्ने हुनाले हावाको मुस्लो पृथ्वीको विभिन्न भागमा पुग्छ । नेपालको गर्मी सिजनमा ‘सब–ट्रपिकल स्ट्रिम’ अरेबियन सागरमा पुग्छ । सागरको पानी तातेर वाफ बन्छ । हावाले उडाउँदै वाष्प मिश्रित बादल सात–आठ दिनमा भारतको केरालातट आइपुग्छ । जुन महिनाको दोस्रो हप्तापछि केरालाबाट बंगालको खाडी हुँदै नेपाल भित्रने त्यही बादललाई मनसुन भनिन्छ ।  अक्टोबरदेखि नोमेम्बरसम्म नेपालमा पूर्वीय (बंगालको खाडीबाट आउने) वायु वा पश्चिमी वायु सक्रिय हुँदैनन् । डिसेम्बरदेखि फेब्रुवरीसम्म पश्चिमी वायुको असरका कारण वर्षा हुन्छ ।

के हो न्यून चापीय प्रणाली ? 

मौसमसम्बन्धी सूचनामा अर्को सुनिने शब्द हो ‘न्युन चापीय प्रणाली’ । वर्षा हुनका लागि न्यून चापीयको प्रणालीको विकास हुनै पर्ने विज्ञहरु बताउँछन् । पृथ्वीको जुनसुकै ठाँउमा हावाको चाप वा दबाब हुन्छ । तातो हावा हलुका हुन्छ र यसलाई न्यून चापयुक्त हावा मानिन्छ । हावाको चाप हलुका भएको बेला समुन्द्रबाट आएको वाष्पयुक्त हावा न्यून चापीय क्षेत्रमा प्रवेश गर्छ र वर्षा हुन्छ । गर्मी याममा बढी वर्षा हुनुमा न्यून चापीय प्रणालीको मुख्य भूमिका रहन्छ ।  नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार