श्रावण ३१, २०८३ आइतबार August 16, 2026

सभामुखद्वारा पूर्वसभामुखसँग संसद विघटनपछि उत्पन्न परिस्थितिबारे राय परामर्श

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सभामुख अग्निप्रसाद सापकोटाले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र निकासका सम्बन्धमा पूर्वसभामुखसँग आज परामर्श गर्नुभएको छ ।

नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवनमा उहाँले प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे राय परामर्श लिनुभएको हो । छलफलपछि पूर्वसभामुख रामचन्द्र पौडेलले जनप्रतिनिधिको थलो सदनबाटै सबै समस्याको समाधान खोज्नुपर्नेमा सदनभन्दा बाहिर गएर निकास खोज्नुपर्ने परिस्थितिप्रति गम्भीर चिन्ता प्रकट गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘एकतातिर व्यवस्था र अर्कातर्फ कारोनाबाट जनताको रक्षागर्नु पर्ने बेलामा चुनावले जनताप्रति धेरै ठूलो आपत्ति वर्षाउँछ ।

यो परिस्थितिमा अहिले दुवै संकटबाट निकास दिने जिम्मेवारी न्यायालयको बन्न पुगेको छ ।’’ नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले जनताको भावना र मुुलुकको परिस्थितिअनुकूल निकास दिन र संसदका बहुसंख्यको आकांक्षा एवं चाहनालाई बुझेर बजेटपूर्व नै छिटोभन्दा छिटो अदालतबाट निर्णय आउने विश्वास व्यक्त गर्नुयो ।

देशको विशिष्ट परिस्थितिमा संविधान बनेको र हाम्रो संसदीय प्रणाली पनि आफ्नै विशेषताअनुकुलको रहेको उहाँले सविधानको धारा ७६ को ५ मा पुगेपछि दलीय व्यवस्थामा सांसद पनि आफनो स्वविवेकीय अधिकार राख्ने हैसियत राख्न सक्छन् भन्ने प्रणालीको विशेषता भएको उल्लेख गर्नुभयो ।

राजनीतिक विवादबाट उत्पन्न समस्या समाधानका लागि नै राष्ट्र र जनताले संसद निर्माण गरेको स्मरण गराउदैँ उहाँले यस्ता विवादको निकास सदनबाटै आउनुपर्छ, सदनको अस्तित्व भनेको जनताको अस्तित्व हो, जनताको अस्तित्वमाथि कसैले खेलबाड गर्न हुन्न, जनप्रतिनिधिमूलक निकाय सदनबाटै सबै विवादको समाधान खोज्नुपर्छ भन्नुभयो ।

अर्का पूर्वसभामुख ओनसरी घर्तीले प्रतिधिसभा विघटन राजनीतिक विषय भएकाले जनताको प्रतिनिधिमूलक निकाय सदनको आदेश मान्न सबै तयार हुनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘ढजनताले हामीलाई पाँच वर्षका लागि निर्वाचित गरेर कानून निर्माण र विकासका लागि पठाएका हुन् । हामीले जनताको आदेश मान्नुपर्छ, जनताको आदेशलाई सर्वाेपरी गर्न सदनमार्फत सबै विषयको छिनोफानो गर्न सबै तयार रहनुपर्छ ।’’ सो अवसरमा सभामुख सापकोटाले संविधान, लोकतन्त्र र सदनको रक्षाका लागि लोकतान्त्रिक विधि र प्रकृयाभित्र रही कुनै पनि कदम चाल्न तयार रहेको बताउनुभएको थियो ।

पूर्वसभामुख कृष्णबहादुर महरा, घर्ती र पौडेल छलफलका लागि बानेश्वर पुग्नुभएको थियो भने पूर्वसभामुख तारानाथ रानाभाट भर्चुअल माध्यमबाट सहभागी हुनुभयो । पूर्वसभामुखहरु दमननाथ ढुङ्गाना र सुवासचन्द्र नेम्बाङ भने उपस्थित हुनुभएन । सभामुख सापकोटाले दलका प्रतिनिधि, सांसद र कानून व्यवसायीसँग पनि परामर्श गर्नुहुने जनाइएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार