बैसाख १९, २०८३ शनिबार May 2, 2026

अस्ट्रेलियाको भिक्टोरिया स्टेटमा लकडाउन घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अस्ट्रेलियाको भिक्टोरिया स्टेटमा कोरोना भाइरसको संक्रमण बढेसँगै लकडाउन घोषणा गरिएको छ । राजधानी मेलबर्नमा नयाँ संक्रमितहरुको पहिचान भएसँगै सात दिनको लागि लकडाउन लागू गरिएको हो ।

बिहिबार मध्यरातबाट लकडाउन सुरु हुने अधिकारीहरुले बताएका छन् । हाल मेलबर्नमा २६ जना संक्रमित भेटिएका छन् । उनीहरुको सम्पर्कमा आएको १५० जनाको पनि पहिचान भइसकेको छ ।

हाल भिक्टोरियामा कोरोनाको निकै संक्रामक मानिएको बि १ २१७ भेरियन्टको लहर देखिएको छ । बाहिरबाट भिक्टोरियामा प्रवेश गरेका एकजना व्यक्तिमा उक्त नयाँ स्ट्रेन देखिएको र त्यहींबाट संक्रमण फैलिएको अनुसन्धानका क्रममा फेला परेको छ। त्यसैले थप संक्रमण फैलिन नदिन लकडाउन गरिएको अधिकारीहरुले बताएका छन् ।

सात दिनको लागि घोषणा गरिएको लकडाउनमा अत्यावश्यक काम, व्यायाम र कोभिड १९ विरुद्ध भ्याक्सिन लगाउनबाहेक अन्य काममा बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । सबै प्रकारका सभा सम्मेलनहरुमाथि रोक लगाइएको छ भने कुनै पनि व्यक्तिलाई ५ किलोमिटरभन्दा टाढा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । विद्यालय, प्रार्थनास्थल लगायत धेरै भिड हुने क्षेत्र बन्द गर्न निर्देशन दिइएको छ । र, सबैलाई अनिवार्य मास्क लगाउन भनिएको छ ।

भिक्टोरियामा संक्रमण बढेपछि अरु राज्यहरुले त्यहाँबाट आउने मानिसहरुमाथि रोक लगाउने तयारी गरिरहेका छन् । – वीवीसीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाउँमै प्राथमिक उपचार सेवा उपलब्ध
२०८३ बैसाख १९, शनिबार
गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च
२०८३ बैसाख १९, शनिबार
मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन
२०८३ बैसाख १९, शनिबार
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
२०८३ बैसाख १९, शनिबार
म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो
२०८३ बैसाख १९, शनिबार
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
२०८३ बैसाख १९, शनिबार
अतिक्रमण हटाउने अभियान तीव्र : विस्थापित राख्न पाँच शिविर
२०८३ बैसाख १९, शनिबार