बैसाख १९, २०८३ शनिबार May 2, 2026

अमेरिकी चिनियाँ व्यापार प्रतिनिधिबीच पाँच महिनापछि टेलिफोन वार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेयता अमेरिकी र चिनियाँ व्यापार प्रतिनिधिहरुबीच बिहीबार पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ ।

दुई देशबीचका व्यापार अवरोध हटाउन निकै महत्वपूर्ण मानिएको यस टेलिफोन वार्तामा तत्काल खासै प्रगति नभए पनि वार्ता प्रक्रिया भने शुरु भएको छ । वार्तामा सहभागी दुबै पक्षले करका प्रावधानमा रहेका गतिरोध सुल्झाउने तर्फ कहिले वार्ता प्रक्रिया शुरु हुन्छ भन्ने कुनै सङ्केत दिएका छैनन् ।

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाईले व्यापार सम्बन्धका बारेमा “आन्तरिक समीक्षा” अझै जारी रहेको बताएको उनको कार्यालयले जनाएको छ । चीनको वाणिज्य मन्त्रालयले चिनियाँ व्यापार प्रतिनिधि एवं उपप्रधानमन्त्री लिउ हे ले समान चासोका विविध विषय उठाएका छन्, तर विस्तृत विवरण भने दिएको छैन ।

राष्ट्रपति बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरुद्ध शुरु गरेको व्यापार द्वन्द्वका बारेमा के कस्तो रणनीति अपनाउने भन्ने बारेमा अझै केही बताएका छैनन् । ट्रम्पले चीनको औद्योगिक नीति र व्यापार असन्तुलन बढेको भन्दै चीनबाट आयात हुने सामानमा करवृद्धि गरेका थिए । त्यसको प्रतिक्रियास्वरुप चीनले पनि अमेरिकी सोयाबिन खरिद स्थगन गर्नुका साथै अन्य सामानमा करवृद्धि गरेको थियो ।

सन् २०२० को शुरुदेखि कोरोनाभाइरस महामारी फैलिनुअघि देखि नै मध्यस्थकर्ताहरुबीच प्रत्यक्ष भेटवार्ता भएका छैनन् । द्वन्द्व सामान्यीकरण गर्ने अभिप्रायले सन् २०१९ देखि दुबै देशबीच भएको पहिलो चरणको सम्झौता बमोजिम तल्लो तहका अधिकारीहरुबीच फोनबाटै कुराकानी हुने गरेको छ ।

पहिलो चरणको सम्झौतामा एकअर्का मुलुकका सामानमा थप करवृद्धि नगर्ने र कतिपय सामानमाथि लागेका करहरु हटाउने सहमति भएको थियो । चीनले अमेरिकी सोयाबिनको खरिद बढाउने र अन्य सामानको आयात बढाउने प्रतिबद्धता जनाएको थियो ।

कोरोनाभाइरस महामारीका कारण विश्व व्यापारमा प्रभाव पारेसँगै चीनले अमेरिकी बस्तु तथा सेवाको खरिदमा ढिलाई गरेको छ ।

यसैबीच, चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीनका उपप्रधानमन्त्री लिउ हे र अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाई बीच बिहीबार बिहान टेलिफोनमा वार्ता भएको जनाएको छ ।

दुबै पक्षबीच समानता र आपसी सम्मानको भावना अनुरुप खुला, व्यवहारिक र रचनात्मक रुपमा वार्ता भएको छ । साथै दुबै पक्षले वार्तामा आआफ्ना चासो र सरोकारका विषय उठाएको र आगामी दिनमा निकट सञ्चार सम्पर्क स्थापित गर्ने सहमति जनाएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाउँमै प्राथमिक उपचार सेवा उपलब्ध
२०८३ बैसाख १९, शनिबार
गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च
२०८३ बैसाख १९, शनिबार
मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन
२०८३ बैसाख १९, शनिबार
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
२०८३ बैसाख १९, शनिबार
म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो
२०८३ बैसाख १९, शनिबार
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
२०८३ बैसाख १९, शनिबार
अतिक्रमण हटाउने अभियान तीव्र : विस्थापित राख्न पाँच शिविर
२०८३ बैसाख १९, शनिबार