बैसाख १९, २०८३ शनिबार May 2, 2026

चीनद्वारा कार्गो रकेट प्रक्षेपण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनले अन्तरिक्षमा निर्माण गरिरहेको नयाँ अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको एउटा कार्गो रकेट दक्षिण चीन सागरस्थित द्वीपबाट शनिबार प्रक्षेपण गरेको छ ।

लङ मार्च ७ नामको रकेटले स्वचालित टियानझाउ–२ अन्तरिक्ष यानलाई लिएर अन्तरिक्ष प्रस्थान गरेको छ । हैनान द्वीपको वेनचाङ प्रक्षेपण केन्द्रबाट उक्त रकेट शनिबार राति ८.५५ बजे उडाइएको चिनियाँ अन्तरिक्ष केन्द्रले जनाएको छ ।

रकेट प्रक्षेपण गरिएको १० मिनटभित्रै सफलतापूर्वक अन्तरिक्ष कक्षमा प्रवेश गरेको थियो ।

चिनियाँ सरकारी समाचार संस्थाहरुका अनुसार टियानझाउ–२ मा इन्धन र सामान राखिएको छ । अन्तरिक्षमा स्थापना हुने नयाँ अन्तरिक्ष केन्द्रको मुख्य मोड्युल गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो ।

चिनिया अन्तरिक्ष निकायका अनुसार अर्को वर्षभित्र ११ वटा प्रक्षेपण मार्फत अरु दुई वटा मोड्युल अन्तरिक्षमा पठाइने छ । नयाँ अन्तरिक्ष केन्द्र ७० टनको हुनेछ । यी प्रक्षेपण मार्फत बन्दोबस्तीका सामानका साथै तीन जना अन्तरिक्ष यात्री पनि अन्तरिक्षमा पठाउने चीनको तयारी छ ।

चीनले प्रक्षेपण गरेको तियान्हे रकेट भने अनियन्त्रित भई हालै मात्र पृथ्वीमा खसेको थियो । चीनले आफ्नो महत्वाकाँक्षी अन्तरिक्ष कार्यक्रमकै एक हिस्साका रुपमा प्रक्षेपण गरेको तियान्हे तेस्रो तथा सबैभन्दा ठूलो कक्षीय स्टेशन हो ।

बेइजिङले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सहभागी भइरहेको छैन, र यसको मुख्य कारण अमेरिकी अवरोध हो ।- रासस–एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाउँमै प्राथमिक उपचार सेवा उपलब्ध
२०८३ बैसाख १९, शनिबार
गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च
२०८३ बैसाख १९, शनिबार
मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन
२०८३ बैसाख १९, शनिबार
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
२०८३ बैसाख १९, शनिबार
म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो
२०८३ बैसाख १९, शनिबार
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
२०८३ बैसाख १९, शनिबार
अतिक्रमण हटाउने अभियान तीव्र : विस्थापित राख्न पाँच शिविर
२०८३ बैसाख १९, शनिबार