बैसाख १९, २०८३ शनिबार May 2, 2026

चीनका नागरिकले तीन सन्तान जन्माउन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनमा घट्दो जन्मदरका कारण जनसांख्यिकीय अभाव भएपछि प्रत्येक जोडीलाई कम्तीमा तीन सन्तान पाउनका लागि अनुमति दिइने भएको छ । यो सँगै अब चीनका नागरिकले तीन जनासम्म सन्तान जन्माउन पाउने भएका छन् ।

राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको पार्टी पोलिटब्यूरो बैठकमा एक जोडीलाई तीन सन्तान जन्माउनका लागि अनुमति दिने प्रस्ताव पारित गरिएको हो । काम गर्न नसक्ने वृद्ध मानिसहरूको संख्या बढ्दै गएपछि चिनियाँ कम्युनिस्ट पार्टीले यो निर्णय लिएको हो ।

सोमबार एक सूचना जारी गर्दै चीनले साे नीति ल्याएको छ। यसअघि चीन सरकारले २ सन्तानको नीति ल्याएको थियो।

यसले चीनको जनसंख्या संरचनालाई सुधार गर्ने र वृद्ध मानिसको संख्या बढ्दाखेरी आएको समस्यालाई निराकरण गर्ने अपेक्षा गरिएको छ ।

यससँगै चिनियाँ अधिकारीहरूले सुत्केरी बिदाको व्यवस्था र मातृ बीमाको प्रणालीमा सुधार ल्याउने पनि प्रतिज्ञा गरेका छन् । उनीहरूले कर र आवास लगायतका क्षेत्रमा रहेका नीतिलाई बलियो पनि बनाउने भएका छन् । – एजेन्सी।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाउँमै प्राथमिक उपचार सेवा उपलब्ध
२०८३ बैसाख १९, शनिबार
गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च
२०८३ बैसाख १९, शनिबार
मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन
२०८३ बैसाख १९, शनिबार
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
२०८३ बैसाख १९, शनिबार
म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो
२०८३ बैसाख १९, शनिबार
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
२०८३ बैसाख १९, शनिबार
अतिक्रमण हटाउने अभियान तीव्र : विस्थापित राख्न पाँच शिविर
२०८३ बैसाख १९, शनिबार