जेठ ५, २०८१ शनिबार May 18, 2024

बिश्वको नम्बर एक गभर्नरको उपाधी पाएका बुर्लाकोटी अब अन्तराष्ट्रिय डाइरेक्टर बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः लायन्स क्लब अन्तराष्ट्रियको मल्टीपल ३२५ को यही जेठ २१ र २२ गते अधिवेशन हुदैंछ । केही दिन मात्र बाँकी रहेको अधिवेशन नजिकिएसंगै अन्तराष्ट्रिय डाइरेक्टर पदमा ‘को चुनिने’ भन्ने बिषयले अझ बढी महत्व पाएको छ ।

लायन बर्ष २०१६-२०१७ मा गभर्नर रहँदा लायन्स क्लब अन्तर्राष्ट्रियमा बिश्वको नम्बर एक गभर्नरको उपाधी सहित ख्याती कमाएका बालकृष्ण बुर्लाकोटी परोपकारी अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेदवारी दिएका छन् । बालकृष्ण बुर्लाकोटीले अन्तराष्ट्रिय डाइरेक्टर पदमा उम्मेदवारी दिएसँगै उनको सहज जितको अपेक्षा सहित सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ ।

डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन आगामी जेठ २१ र २२ गते भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनमा बुर्लाकोटीले सम्पूर्ण नेपाली लायन्सहरुलाई आफुलाई मतदान गर्न अनुरोध गर्नुभएको छ । लायन्सको नेपालमा ए १, ए २, बी १ र बि २ गरी चार वटा डिस्ट्रिक्ट छन् । चारवटै डिस्ट्रिक्टमा चुनावी माहोल शुरु भएको छ । लायन्स क्लब इन्टरनेशनल मल्टिपल ३२५ नेपालका पूर्वमल्टिपल चियरपर्शन समेत रहेका बुर्लाकोटी आफ्नो विजय सुनिश्चित भएको बताउँछन् ।

‘यदि तपाइको जित भएमा देशलाई के फाइदा हुन्छ ?’ भन्ने हाम्रो सवालमा उनी भन्छन् – “ठुला र स्थायी परियोजना भित्राउने र सामाजिक कार्यमा नेपाललाई विश्वभर चिनाउने मेरो योजना छ ।” नेपालमा हाल ४ वटा डिष्ट्रिक रहेको र सबैबाट उल्लेख्य सहयोग र सद्भाब आफुप्रति रहेको बताउने बुर्लाकोटी लायन्स अभियानलाई नेपालमा सामाजिक सेवाको पर्यायको रुपमा स्थापित गरी छाड्ने अठोट आफुसँग रहेको बताउँछन् ।

लायन्स क्लब मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालका पूर्व मल्टिपल चियरपर्सन रहेका उनले मल्टिपलमा लायन्स फन्ड सुरुवात गरेका थिए । उनलाई मल्टिपलको सचिवालयलाई चलायमान बनाउँदै संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेको जस पनि दिने गरिएको छ ।

समाजिक सेवामा स्वस्थ प्रतिस्पर्धा गर्ने लायन्सभित्र चमत्कारिक नतिजाहरु निकाल्न सफल मानिने बुर्लाकोटी सामाजिक कामहरुमा सक्रिय रहँदै आएका छन् । मल्टिपल चियरपर्सन रहँदा उनले उत्कृष्ट दूरदृष्टिका साथ काम गर्दै अत्यधिक परियोजनाहरु नेपाल भित्र्याउन सफल भएका थिए । उनले मल्टिपल काउन्सिल चियरपर्सन हुँदा रिडिस्टिकिङ कमिटीको गठन गर्दै ४ वटै डिस्ट्रिक्ट लाई रिडिस्ट्रिक्ट गरी १५ वटा डिस्ट्रिक्ट बनाउन सफल भएका थिए ।

उनले सामाजिक सेवा गर्ने संस्था आर्थिक हिसाबले पनि बलियो हुनुपर्छ भन्दै मल्टिपलमा आफ्नै कोष खडा गर्दै नेपाल लायन्स फाउण्डेशनको शुभारम्भ पनि गरेका थिए । बुर्लाकोटीले अन्तर्राष्ट्रिय सम्मेलनमा भागलिने दर्ता मल्टिपलमा नै गर्ने अवधारणालाई पनि व्यवहारिक कार्यान्वयन गरेका थिए । यसले गर्दा लायन्सहरुले दर्ता रकम रद्द गरेर सजिलै रकम फिर्ता पाउन सक्छन् ।

लायन्स अहिले विश्वका २ सय भन्दा बढी देशहरुमा फैलिएको छ । उनले गभर्नरको भूमिकामा रहँदा धेरै रेकर्डहरु बनाउँदै इतिहास रचेका थिए । उनले लायन्सको सय वर्षको इतिहासमा पहिलोपटक आफ्नो कार्यकालमा १०० वटा क्लब खोल्न सफल भएका थिए । उनले त्यतिबेला २ हजार ८ सय ६३ सदस्यता बिस्तार गर्दै सय एमजेएफ योगदान गराउन पनि सफल भएका थिए ।

बुर्लाकोटीकै नेतृत्वमा नेपाल लायन्स फाउण्डेसनमा १ करोड ३१ लाख ५० हजार रुपैयाँ रकम थप भएको थियो । पदमा रहँदा र नरहँदा पनि निरन्तर सामाजिक काममा सक्रिय रहँदै आएका बुर्लाकोटीले लायन्स अन्तर्राष्ट्रियको सिकागो कन्भेन्सन, लस भेगस कन्भेन्सन र इसामे एसिया फोरम कोलकातामा पनि आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका छन् । सकारात्मक सोचका साथ अगाडि बढेका बुर्लाकोटी सरल स्वतन्त्र र स्वच्छ छविभएको नेता को रुपमा लिईने गरेको अधिकाम्स लायन्सहरु बताउछन् ।

बुर्लाकोटी लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेपछि आफूले नेपाललाई कामले नै संसारभर चिनाउने प्रतिवद्धता व्यक्त गर्छन् । आफ्नो कार्यकालमा नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरु ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय रहने उनी बताउँछन् ।?

यसअघि नेपालबाट पहिलो पटक नेपालको छोरो अन्तर्राष्ट्रिय निर्देशक पदमा सञ्जय खेतानले भूमिका निर्वाह गरिसकेका छन् । खेतान अहिले लायन्सको अन्तर्राष्ट्रिय अध्यक्षको दौडमा रहेका छन् । स्मरण रहोस् हालको असहज परिस्थितीमा समेत लायन्सले आफ्नो सामाजिक धर्म विभिन्न कार्य मार्फत निभाउदै आइरहेको छ ।

हालैमात्र पोखरामा १०० बेडको कोरोना अस्पताल समेत लायन्स क्लब डिष्ट्रिक ३२५ बि १ को सहयोगमा सम्पन्न भई संचालनमा आइरहेको छ । त्यसैगरी लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहराको सहयोगमा उपत्यकाका विभिन्न अस्पतालमा रहेका काेभिड प्रभावित ब्यक्तिहरुलाई १५ दिने खाना खुलाउने कार्यक्रमलाई समेत उनकै पहलमा निरन्तरता दिएका छन् । अन्तराष्ट्रिय डाइरेक्टर पदमा जितको लागी बुर्लाकोटीलाई हाम्रो अग्रिम शुभकामना ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया