भाद्र २, २०८३ मंगलबार August 18, 2026

बिश्वको नम्बर एक गभर्नरको उपाधी पाएका बुर्लाकोटी अब अन्तराष्ट्रिय डाइरेक्टर बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः लायन्स क्लब अन्तराष्ट्रियको मल्टीपल ३२५ को यही जेठ २१ र २२ गते अधिवेशन हुदैंछ । केही दिन मात्र बाँकी रहेको अधिवेशन नजिकिएसंगै अन्तराष्ट्रिय डाइरेक्टर पदमा ‘को चुनिने’ भन्ने बिषयले अझ बढी महत्व पाएको छ ।

लायन बर्ष २०१६-२०१७ मा गभर्नर रहँदा लायन्स क्लब अन्तर्राष्ट्रियमा बिश्वको नम्बर एक गभर्नरको उपाधी सहित ख्याती कमाएका बालकृष्ण बुर्लाकोटी परोपकारी अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेदवारी दिएका छन् । बालकृष्ण बुर्लाकोटीले अन्तराष्ट्रिय डाइरेक्टर पदमा उम्मेदवारी दिएसँगै उनको सहज जितको अपेक्षा सहित सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ ।

डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन आगामी जेठ २१ र २२ गते भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनमा बुर्लाकोटीले सम्पूर्ण नेपाली लायन्सहरुलाई आफुलाई मतदान गर्न अनुरोध गर्नुभएको छ । लायन्सको नेपालमा ए १, ए २, बी १ र बि २ गरी चार वटा डिस्ट्रिक्ट छन् । चारवटै डिस्ट्रिक्टमा चुनावी माहोल शुरु भएको छ । लायन्स क्लब इन्टरनेशनल मल्टिपल ३२५ नेपालका पूर्वमल्टिपल चियरपर्शन समेत रहेका बुर्लाकोटी आफ्नो विजय सुनिश्चित भएको बताउँछन् ।

‘यदि तपाइको जित भएमा देशलाई के फाइदा हुन्छ ?’ भन्ने हाम्रो सवालमा उनी भन्छन् – “ठुला र स्थायी परियोजना भित्राउने र सामाजिक कार्यमा नेपाललाई विश्वभर चिनाउने मेरो योजना छ ।” नेपालमा हाल ४ वटा डिष्ट्रिक रहेको र सबैबाट उल्लेख्य सहयोग र सद्भाब आफुप्रति रहेको बताउने बुर्लाकोटी लायन्स अभियानलाई नेपालमा सामाजिक सेवाको पर्यायको रुपमा स्थापित गरी छाड्ने अठोट आफुसँग रहेको बताउँछन् ।

लायन्स क्लब मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालका पूर्व मल्टिपल चियरपर्सन रहेका उनले मल्टिपलमा लायन्स फन्ड सुरुवात गरेका थिए । उनलाई मल्टिपलको सचिवालयलाई चलायमान बनाउँदै संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेको जस पनि दिने गरिएको छ ।

समाजिक सेवामा स्वस्थ प्रतिस्पर्धा गर्ने लायन्सभित्र चमत्कारिक नतिजाहरु निकाल्न सफल मानिने बुर्लाकोटी सामाजिक कामहरुमा सक्रिय रहँदै आएका छन् । मल्टिपल चियरपर्सन रहँदा उनले उत्कृष्ट दूरदृष्टिका साथ काम गर्दै अत्यधिक परियोजनाहरु नेपाल भित्र्याउन सफल भएका थिए । उनले मल्टिपल काउन्सिल चियरपर्सन हुँदा रिडिस्टिकिङ कमिटीको गठन गर्दै ४ वटै डिस्ट्रिक्ट लाई रिडिस्ट्रिक्ट गरी १५ वटा डिस्ट्रिक्ट बनाउन सफल भएका थिए ।

उनले सामाजिक सेवा गर्ने संस्था आर्थिक हिसाबले पनि बलियो हुनुपर्छ भन्दै मल्टिपलमा आफ्नै कोष खडा गर्दै नेपाल लायन्स फाउण्डेशनको शुभारम्भ पनि गरेका थिए । बुर्लाकोटीले अन्तर्राष्ट्रिय सम्मेलनमा भागलिने दर्ता मल्टिपलमा नै गर्ने अवधारणालाई पनि व्यवहारिक कार्यान्वयन गरेका थिए । यसले गर्दा लायन्सहरुले दर्ता रकम रद्द गरेर सजिलै रकम फिर्ता पाउन सक्छन् ।

लायन्स अहिले विश्वका २ सय भन्दा बढी देशहरुमा फैलिएको छ । उनले गभर्नरको भूमिकामा रहँदा धेरै रेकर्डहरु बनाउँदै इतिहास रचेका थिए । उनले लायन्सको सय वर्षको इतिहासमा पहिलोपटक आफ्नो कार्यकालमा १०० वटा क्लब खोल्न सफल भएका थिए । उनले त्यतिबेला २ हजार ८ सय ६३ सदस्यता बिस्तार गर्दै सय एमजेएफ योगदान गराउन पनि सफल भएका थिए ।

बुर्लाकोटीकै नेतृत्वमा नेपाल लायन्स फाउण्डेसनमा १ करोड ३१ लाख ५० हजार रुपैयाँ रकम थप भएको थियो । पदमा रहँदा र नरहँदा पनि निरन्तर सामाजिक काममा सक्रिय रहँदै आएका बुर्लाकोटीले लायन्स अन्तर्राष्ट्रियको सिकागो कन्भेन्सन, लस भेगस कन्भेन्सन र इसामे एसिया फोरम कोलकातामा पनि आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका छन् । सकारात्मक सोचका साथ अगाडि बढेका बुर्लाकोटी सरल स्वतन्त्र र स्वच्छ छविभएको नेता को रुपमा लिईने गरेको अधिकाम्स लायन्सहरु बताउछन् ।

बुर्लाकोटी लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेपछि आफूले नेपाललाई कामले नै संसारभर चिनाउने प्रतिवद्धता व्यक्त गर्छन् । आफ्नो कार्यकालमा नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरु ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय रहने उनी बताउँछन् ।?

यसअघि नेपालबाट पहिलो पटक नेपालको छोरो अन्तर्राष्ट्रिय निर्देशक पदमा सञ्जय खेतानले भूमिका निर्वाह गरिसकेका छन् । खेतान अहिले लायन्सको अन्तर्राष्ट्रिय अध्यक्षको दौडमा रहेका छन् । स्मरण रहोस् हालको असहज परिस्थितीमा समेत लायन्सले आफ्नो सामाजिक धर्म विभिन्न कार्य मार्फत निभाउदै आइरहेको छ ।

हालैमात्र पोखरामा १०० बेडको कोरोना अस्पताल समेत लायन्स क्लब डिष्ट्रिक ३२५ बि १ को सहयोगमा सम्पन्न भई संचालनमा आइरहेको छ । त्यसैगरी लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहराको सहयोगमा उपत्यकाका विभिन्न अस्पतालमा रहेका काेभिड प्रभावित ब्यक्तिहरुलाई १५ दिने खाना खुलाउने कार्यक्रमलाई समेत उनकै पहलमा निरन्तरता दिएका छन् । अन्तराष्ट्रिय डाइरेक्टर पदमा जितको लागी बुर्लाकोटीलाई हाम्रो अग्रिम शुभकामना ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार