मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

विश्वकप क्रिकेटः एकदिवसीय विश्वकपमा १४ र टी-२० मा २० प्रतिष्पर्धा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एकदिवसिय र टि-२० विश्वकपमा टोली संख्या बढाउने भएको छ । आइसिसीले एकदिवसिय विश्वकपमा १४ र टि-२० विश्वकप संख्या २० पुर्‍याउने भएको छ ।

आइसिसीले मंगलबार सन् २०२३ देखि २०३१ सम्म आफ्नो कार्यक्रम सार्वजनिक गर्दै सन् २०२७ को संस्करण देखि एकदिवसिय विश्वकपमा १४ टोली हुने छन् ।

सन् २०२७ र २०३१ को संस्करणमा ओडिआईमा १४–१४ देश हुने छन् । यसअघि १०–१० टोलीले प्रतिस्पर्धा गर्दै आएका थिए ।

यस्तै सन् २०२४ को संस्करण देखि टि-२० विश्वकपमा २० प्रतिस्पर्धा गर्ने छन् । यसले नेपाललाई टि-२० विश्वकप खेल्न अझ सहज बनाउने छ । यसअघि टि२० विश्वकपमा १६ देशले प्रतिस्पर्धा गर्दै आएका थिए ।

सन् २०२४ को विश्वकपपछि हरेक दुई वर्षमा टी-ट्वान्टी विश्वकप आयोजना गर्ने निर्णय समेत आईसीसीले जनाएको छ ।

त्यस्तै २०२५ र २०२९ मा ८ टिम सहभागी च्याम्पियन्स ट्रफी आयोजना गरिनेछ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल २०२५, २०२७ , २०२९ र २०३१ मा आयोजना गरिने समेत आईसीसीले जनाएको छ ।

नेपाल हाल २०२२ को टि-२० विश्वकप ग्लोबल छनोट खेल्ने तयारीमा छ । उक्त विश्वकपमा १६ टोली हुँदा समूह ‘ए’ मा रहेको नेपाललाई विश्वकपमा स्थान बनाउन शीर्ष दुईमा पर्नुपर्ने हुन्छ ।

एकदिवसिय विश्वकप छनोट नेपालले आइसिसी विश्वकप लिग–२ खेलेको छ । विश्वकप लिग २ मा ७ टोलीबीच २०२३ सम्म प्रतिस्पर्धा हुँदा शीर्ष तीनमा पर्न सके ग्लोबल क्वालिफायरमा सिधैं मौका पाउने छ ।

शीर्ष तीनमा पर्न नसके नेपालले ‘क्वालिफायर प्ले अफ’ खेल्दै शीर्ष दुईमा रहे ग्लोबलमा स्थान बनाउने अर्को अवसर पाउने छ । २०१९ देखि सुरु भएको यस सुपर लिग २ मा नेपालले ४ खेल मात्र खेलेको छ । जसमा २ जित र २ हारको नतिजा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार
राष्ट्रपति पौडेलसँग जापानका उपमन्त्रीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार