मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

डेनमार्क र जर्मनीबीचको खेल १–१ को बराबरीमा रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः डेनमार्कले जर्मनीलाई बराबरीमा रोकेको छ । यूरो कप २०२० को अभ्यासको क्रममा डेनमार्क र जर्मनीबीचको खेल १–१ को बराबरीमा रोकिएको हो ।

सन् २०१८ पछि थोमस म्युलर र म्याट्स ह्युमल्स पहिलो पटक जर्मनीको टोलिका लागि खेल्नुभयो । म्युलर र ह्युमल्ससँगै जिरोम बोटेङ्गलाई प्रशिक्षक जोचिम लले युवा खेलाडीलाई अवसर दिने भन्दै टोलीबाट बाहिर राख्दै आउनुभएको थियो । तर यूरो कप २०२० का लागि दुबैजनाले टोलीमा पुनरागमन गरेका छन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमै जर्मनीका फ्लोरियन नेउहसले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । ४८ औं मिनेटमा १–० को अग्रता लिएको जर्मनीले दोस्रो हाफको उत्तरार्धतिर अग्रतालाई कायम राख्न सकेन ।

गोल गर्ने कुनै अवसर पाउन नसकेर विक्षिप्त बनेको डेनिस टोलीका लागि ७१ औं मिनेटमा युसस्फ पौलसेनले क्रिश्चियन एरिकसनको पासलाई गोलमा परिणत गरेर बराबरी गोल फर्काउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार
राष्ट्रपति पौडेलसँग जापानका उपमन्त्रीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार