बैसाख १७, २०८३ बिहिबार April 30, 2026

विदेश भ्रमण छोट्याएर परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विदेश भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । उनी शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका छन ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भ्रमण पर्सिसम्म तय थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो, देशभित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएर आइयो ।’ उनले परिस्थितिबारे भने स्पष्ट खुलाएनन् ।

रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका निम्ति गत शनिबार अपराह्न उनी रुसको राजधानी मस्को प्रस्थान गरेका थिए । ११ गतेसम्म रुसको तथा १२ र १३ गते सर्भियाको भ्रमण गर्ने तालिका उनको थियो ।

रुस भ्रमणको क्रममा आफूले राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमण गर्न निम्तो दिएको जानकारी मन्त्री ज्ञवालीले दिएका छन । यसैगरी रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई पर्यटन वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन निम्तो दिइएको जानकारी उनले दिएका छन । नेपाल भ्रमणको निम्तोबारे रुसी पक्षबाट औपचारिक जवाफ नआएको उनले बताएका छन ।

साथै रुस भ्रमणको क्रममा आफूले उद्धारका लागि र यूएन मिसनका लागि चाहिने सामग्री सहयोगको लागि कुरा गरेको रुसी नेताहरु सकारात्मक देखिएको पनि उनले बताएका छन ।

साथै सांघाई कोअपरेसन फोरमको पूर्ण सदस्यताका लागि नेपाललाई सहयोग गर्न पनि रुसलाई आग्रह गरेको मन्त्री ज्ञवालीले जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
२०८३ बैसाख १७, बिहिबार