असोज १८, २०८३ आइतबार October 4, 2026

कोरियाबाट विविध स्वास्थ्य उपकरण प्राप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोभिड–१९ महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई गणतन्त्र कोरियाबाट सहायतास्वरुप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन् ।

नेपालका लागि कोरियका राजदूत पार्क चोङसुकले शुक्रबार अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको सङ्क्षिप्त कार्यक्रममा १७ हजार ७६० थान आरटी पिसिआर परीक्षण किट स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोरिया सरकारले तीनसय ७८ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको र ती उपकरण आगामी महिना काठमाडौँ ल्याइने उक्त मन्त्रालयले बताएको छ ।

दोस्रो लहरको कोभिड–१९ महामारीविरुद्धको लडाइँमा डटेको नेपालप्रति ऐक्यबद्धता जनाउँदै महत्वपूर्ण स्वास्थ्य उपकरण प्रदान गरेकामा सरकारले गणतन्त्र कोरिया सरकारमा कृतज्ञता ज्ञापन गरेको छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार
कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं
२०८३ असोज १८, आइतबार
किरियामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास
२०८३ असोज १८, आइतबार
ऊर्जामन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण
२०८३ असोज १८, आइतबार