श्रावण ३१, २०८३ आइतबार August 16, 2026

कर्णाली प्रदेशसभामा विनियोजन विधेयक पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेशसभामा विनियोजन विधेयकको प्रस्ताव पेश गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्ष २०७८/०७९ नीति तथा कार्यक्रमका लागि विनियोजन विधेयक आज सभामा पेश गरेका हुन् ।

सभामुख राजबहादुर शाहीले प्रदेशसभा नियामावली, २०७४ को परिच्छेद (१७) को विनियोजन तथा अर्थ विधेयक सम्बन्धी कार्यविधि बमोजिम विनियोजन विधेयक, २०७८ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु सभामा समक्ष प्रस्तुत गरी सो माथि छलफल गरियोस भनि प्रस्ताव पेश गर्न योजनामन्त्री शर्मालाई समय दिएका थिए ।

विनियोजन विधेयकको प्रस्ताव सभामा पेश गर्दै उनले रोजगारी सृजना गर्ने र गरिबी तथा भोकमरी अन्त्य गर्ने गरी सरकारले बजेट निर्माण गरेको बताए । कोभिड रोकथाम तथा नियन्त्रण, लगानी सम्मेलन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बजेट तथा कार्यक्रमका उद्देश्यहरु रहेको उनको भनाइ थियो ।

बजेट, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारको बीचको आपसी समन्वय गर्ने, संघीय सरकारको समन्वयमा कोभिड विरुद्धका उपकरण बढाउने, आधारभूत पूर्वाधार विकास, उपकरण तथा जनशक्ति व्यवस्था गर्ने, युवा रोजगारका लागि रोजगारीमूलक परियोजनामा विशेष जोड दिने गरी सरकारले योजना बनाएको उनले बताए ।

त्यसैगरी समाजमा भएका सबै प्रकारका विभेद अन्त्य गर्ने, आयमूलक कार्यक्रम सञ्चालन गर्ने, राउटे, सडक मानव, अल्पसंख्यक, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरुको हकहित संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने नीति सरकारले ल्याएको बताउँदै उनले नीजि क्षेत्रलाई आकर्षित गर्न लगानी सम्मेलन गरी लगानीमैत्री वातारण तयार गरिने जनाए ।

त्यस्तै सरकारले अन्न उत्पादनमा जोड दिँदै खाद्य सुरक्षाका लागि नेपाल सरकारसँगको आपसी समन्वय गरी भण्डारणमा जोड दिने, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनालाई अघि बढाइने जनाएको छ । आज पेश गरिएको विनियोजन विधेयकमाथि शुक्रबारदेखि छलफल हुने छ । अर्को बैठक भोली २८ गते दिउँसो २ः०० बजे बस्ने छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार